News Portal

नेपाली युवतीलाई खाडी र अफ्रिकन मुलुकमा राम्रो काम लगाइदिने भन्दै नयाँबाटोको प्रयोग

हिमाली संचार संवाददाता
४५८ पटक

दीपक रिजाल/काठमाडौं : नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पुर्‍याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्य खुलेको छ ।

भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुर्‍याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्‍याउने वेश्यावृत्ति लगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइएको छ ।

महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्रो मुलुक पुर्‍याउने रहस्य पत्ता लगाएको दाबी गरेको छ ।

काठमाडौं विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाई गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पुर्‍याउने र त्यहाँको यांगुनअन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पुर्‍याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिनु भयो । (नेस)

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...