News Portal

सिम्ता बहुमुखी क्याम्पसको वार्षिक उत्सवमा उच्च शिक्षामा हाम्रो अभियान विषयक अन्तरक्रिया

हिमाली संचार संवाददाता
५८४ पटक
दुर्गा वि.सी.

सुर्खेतको सिम्ता गाउँपालिकामा रहेको सिम्ता वहुमुखि क्याम्पस सिम्ताको छैटौं वार्षिक उत्सवका क्रममा आज उच्च शिक्षामा हाम्रो भुमिका विषयक कार्यक्रम भएको छ । २०६९ सालमा स्थापना पाएको क्याम्पस ७ औ वर्षमा लागेको अवसर पारि विभिन्न निकाय, सरोकारवालासँग वृहत छलफल कार्यक्रमको आयोजना समेत गरेको छ ।

कार्यक्रममा सम्वन्धीत क्षेत्रका कर्णाली प्रदेशका प्रदेश सभासद तथा कार्यक्रमको प्रमुख अतिथि ठम्मर विष्टले क्याम्पसको विकासका लागि आफ्नो तर्फबाट रचनात्मक सहयोग हुने जनाउनु भयो । सिम्ता जनताको मुटुका रुपमा रहेको उक्त क्याम्पसलाई शैक्षिक, भौतीक र गुणस्तरिय वनाउन सवैको सहयोगको खाँचो रहेको औंल्याउनु भएको छ ।

विरोधका नाममा विरोध मात्रै गरेर स्थानीय स्तरका विकासमा वाधा पुग्ने भएकाले आ आफ्नो क्षेत्रबाट सवै तह र तप्काको जरुर सहयोग रहेको विष्ट भनाई छ । क्याम्पसमा भौतिक पुर्वाधारको अत्यन्तै आवश्यकता भएकाले आफ्नो तर्फबाट यस क्याम्सलाई सक्दो सहयोग गर्ने जनाएको छ ।

सिम्ता क्याम्पसमा ६ सय थान पुस्तकालय, कम्प्युटर, इन्टरनेट लगाएतको आन्तरिक कुराहरु भए पनि अझै धेरै कुराको खाँचो रहेको जनाएको छ । हाल सम्म १०६ जना विद्यार्थी रहेको क्याम्पस आर्थिक समस्याका कारण प्रध्यायपकहरुले समयमा पुरा तलव खान नपाएको क्याम्पस प्रमुख वकिल वस्नेतले प्रसतुत गरेको प्रतिवेदनमा उल्लेख छ । सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी. नै उक्त क्याम्पसको सञ्चालन समितीको अध्यक्ष भएकाले पनि क्याम्पस सञ्चालनमा सरला भएको जनाएको छ ।

अध्यक्ष के.सि.ले गाउँमै क्याम्पस स्थापनाले विपन्न तथा गरिवहरुलाई उच्च शिक्षा आर्जन गर्न सजिलो भएको वताउनु भएको छ । उच्च शिक्षा हासिल गर्न गाउँ देखि टाढा टाढा जानुपर्ने वाध्यता टरेको र घरकै आटो रोटि खाएर आफ्नो पढाईलाई निरन्तरता दिन सजिलो गराएको जनाउनु भएको छ । अव सिम्ता क्याम्पसलाई शिक्षा संकाय मात्रै नभएर सिम्ताले मागेको सिम्ताको खाँचो आवश्यक पर्ने प्राविधीक धारको वारेमा सोचेको वताउनु भयो ।

यो क्याम्पसलाई आफ्नो तर्फबाट विगत देखि वर्तमान हुदै भविश्यमा हातेमालो गर्ने अठोट व्यक्त गरिएको छ । गाउँपालिकाको सहयोगमा गत वर्ष मात्रै २ कोठे भवन, पुस्तक, कम्प्युटर, गेट निमार्ण, इन्टरनेट र फिल्ड निर्माण लगाएतको काममा सहयोग भएको छ । अझै पनि क्याम्पसमा थुप्रै काम गर्न वाँकी रहेको वताएको छ । यो आर्थिक वर्षमा गाउँपालिकाले ५ लाख वरारको फर्निचर निर्माण गरिदिने भएको छ ।

वार्षिक उत्सवको अवसरमा वोल्ने वक्ताहरुले क्याम्पसमा गाउँपालिकाले अझै वजेटको भोलम वढाउन अनुरोध गरेका छन् । क्याम्पसको शैक्षिक, भौतिक पक्षको विकासका लागि महायज्ञ सञ्चालनमा स्थानीयले वोलेको वाचा अनुसार दान नगरेको क्याम्पस प्रशासनको दुखेसो छ । दान गर्ने भन्ने वेला होडवाजि भयो । तर उधारादान दाताहरुले दान वोलेको पैसा अहिलेसम्म नदिएको क्याम्पसले जनाएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका सुर्खेत जिल्ला उप सभापति टेकबहादुर सिंह, नेकपाका ऐनवहादुर चन्द, बन्गाड क्याम्पस बन्गाड सल्यानका उपाध्यक्ष गणेश वि.सी. लगायतका वक्ताहरुको शुभकामना मन्तव्य दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...