News Portal

नेदरल्यान्ड्समाथी नेपालको रोमाञ्चक जीत, नेपाल १ रनले बिजयी

हिमाली संचार संवाददाता
७१७ पटक

काठमाडौं – एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथी रोमाञ्चक जीत निकालेको छ । नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलमा नेपालले १ रनको रोमाञ्चक जित हात पार्यो ।

यो सँगै नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज १–१ को बराबरीमा टुंग्यायो ।  २१७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सको निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१५ रन बनायो ।

नेदरल्यान्ड्सका लागि वेस्लेय बरेसीले ८८ बलमा ८ चौकाको मद्दतमा ७१ रन बनाए । त्यस्तै  ड्यानियल टेर ब्राकले ३९, पिटर सेलयरले २१, बेन कोपरले १९ र शेन स्नाटरले १२ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ४१ रन खर्चेर ३ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि ललितसिंह भण्डारीले २ विकेट लिए ।

यसअघि नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए । सोमपालले ३८ बलमा अर्धशतक बनाएका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भए । कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।

दीपन्द्रसिंह ऐरीलाई १९ रन रनआउट हुन पुगे । सुवास खकुरेलले १९, आरिफ शेखले १६, ज्ञानेन्द्र मल्लले १३, रोहित कुमार पौडेलले ६, अनिल कुमार शाह ४ र बसन्त रेग्मी १ रनमा आउट भए । यसअघि पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...