News Portal

मुआव्जाको विवादमा अल्झिएको पक्की पुलको काम सुचारु

हिमाली संचार संवाददाता
४७१ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ५ त्रिवेणिवजारको बनगाड खोलामा निर्माणधिण पक्की पुलको काम सुचारु हुने भएको छ । मुआव्जाको विषयमा लक्ष्मी कामीको परिवारले वेला वेला अवरुद्ध सिर्जना गर्दा पुल निर्माणमा ढिलाई भएको छ । मुआव्जा माग गर्दै कामीको परिवाले विवाद गर्दा पुलको काम समयमा सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीको भनाई छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको छलफलमा मुआव्जा माग गर्ने जग्गा धनि, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारि नारायण लामिछाने, बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुन, निर्माण व्यवसायी, वडा नं ५ का वडा अध्यक्ष कमल वि.क., सडक डिभिजन कार्यालय दाङ्घका प्रतिनिधी विच सहमती भएको छ ।

जग्गा विवादले सिर्जित कार्याले काममा वाधा पुगेको छ भने वर्षातमा पुल नहुदाँ हजारौ नागरिक आवतजावतको समस्या झेल्दै आएका छन् । २०७४ पौष मसान्तमा सम्पन्न हुने पुल विवादकै कारण ढिलाई हुदाँ समयमा काम सकिएको छैन् ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...