News Portal

  • सिम्ता गाउँपालिकाकाे आर्थिक सहयोगमा ल्याव सेवा शुरु

    हिमाली संचार संवाददाता
    ५३२ पटक
    दुर्गा वि.सी. सल्लिबजार

    सुर्खेतको सिम्ता गाउँपालिकामा बिहीबारबाट ल्याव सेवा सञ्चालनमा ल्याएको छ । ल्याव सेवा सञ्चालनमा अाएपछि सिम्तावासिहरु महेलकुना सुर्खेत र नेपालगन्ज जाने बाध्यता हटेको छ। जनतासँग सिम्ता गाउपालिका अन्तर्गत सामाजिक विकास कार्यक्रम भित्र रहेर सिम्ताकाे केन्द्र स्वास्थ्य चौकि राकममा अौपचारिक कार्यक्रम बिच बिहीबार ल्याब सेवा उद्घाटन गरिएको छ।

    ल्याव सेवा उद्घाटनमा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सि र उपाध्यक्ष चन्द्र्कला शाहि लगायतका नागरिकको रगत परिक्षण गरि सेवा उद्घाटन गरिएको थियो। गाउँपालिकाले अाफ्नै नीति तथा कार्यक्रम बनाएर सामान्य रगत परिक्षण गर्नकाे लागि मेहेलकुना सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता लाई राेक्नकाे लागि अाफ्नै पालिकामा सेवा शुरूवात गरेकाे वताएकाे छ। ल्याव सेवासङै अब सबै नागरिकले अाफ्नै घरदैलोमा स्वास्थ्य सेवा लिन पाउने गाउँपालिकाकाे नीति रहेको छ ।

    याे संगै स्वास्थ्य चौकीकाे पहुँच नभएको बस्तीलाई सेवा दिने उदेश्यले र नेपाल सरकार स्वास्थ्य चौकि बाट निशुल्क प्रदान गरिने ३५ प्रकारका अौषधि सबै नागरिक तह सम्म पुर्‍याउने उदेश्यले ३ वटा ठाउँमा स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ। केन्द्र मध्ये वडा नं १ र २ काे लागि बाँखर्क, वडाकाे दुर्पाला र वडा नं ७ काे वैजपानि स्वास्थ्य इकाई केन्द्र स्थापना गाउपालिकाले गरि सेवा शुचारू गरेको छ।

    एउटा केन्द्रमा ३ जना कर्मचारी समेत गाउपालिकाले व्यवस्थापन गरिसकेको छ। जसमा १ जना अहेव,१ अनमि र एक जना कार्यलय सहयोगी खटाएको छ।उद्घाटन समारोहमा गापा अध्यक्षले ४ वर्ष भित्र १५ सैयाकाे अस्पताल स्थापना गर्ने प्रतिबद्धता गर्नुभएको छ।

    कार्यक्रम ६ नं वडा अध्यक्ष राजेन्द्र सिह ठकुरीकाे अध्यक्षतामा गापा अध्यक्ष केविन्द्र कुमार केसिकाे प्रमुख अातिथ्यमा र उपाध्यक्ष चन्द्रकला शाही, समाजसेवी प्रकाश शर्मा, रूपा सिह, भुवान बुढा लगाएतले धारणा राख्नु भएको थियोे । गाउँ स्वास्थ्य शाखा सह सम्याेजक विरेन्द्र पुनले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...