News Portal

पारसको स्वास्थ्य अवस्था थाहा पाउनासाथ छोरा हृदयेन्द्र अतालिँदै अस्पताल

हिमाली संचार संवाददाता
८६० पटक

काठमाडौँ : अचानक मुटुमा समस्या देखिएपछि पूर्वयुवराज पारस शाहलाई सोमबार अपराह्न साढे ४ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

बाबुको स्वास्थ्य अवस्था थाहा पाउनासाथ छोरा हृदयेन्द्र शाह अस्पताल पुगेका थिए। अपराह्न साढे ४ बजे पूर्वयुवराज पारसलाई अस्पताल पुर्‍याइएको थियो भने छोरा हृदयेन्द्र ६ बजेतिर अस्पताल पुगेका थिए।

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पूर्वको भम्रणका लागि सिमरा पुगेका थिए भने पूर्व युवराज्ञी हिमानी शाह र छोरीहरु पूर्णिका शाह र कृतिका शाह थाइल्याण्डमा छन्। छोरा हृदयेन्द्र भने बुवा बिरामी भएको दिन नै अस्पताल पुगेका थिए।

बाबुको स्वास्थ्य अवस्था थाहा पाएपछि उनी अतालिँदै अस्पताल पुगेका थिए भने पूर्वरानी कोमल सडकमार्गबाट नै राति करिब १० बजे सिमराबाट काठमाडौँ आइपुगेकी थिइन्।

छोरा हृदयेन्द्र सोमबार, मंगलबार र बुधबार पनि नियममित अस्पताल पुग्ने गरेका छन्। छोराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि पूर्वरानी कोमल शाह बुधबार सिमरा फर्केकी छन्।

बुधबार पारसलाई भेट्न उनकी फूपु शोभा शाह, शोभाकी छोरी मनुजा शाह, धिरेन्द्र शाहका छोरीहरु पूजा शाह, दिलाशा शाह, सितास्मा शाह र पारसकी बहिनी प्रेरणा शाह पनि अस्पताल पुगेका थिए। त्यस्तै उनलाई भेट्न बुधबार नै उनका बहिनी-ज्वाइँ डा. राजीव शाही पनि नर्भिक अस्पताल पुगेका थिए। शाही पारसका काका धिरेन्द्रका ज्वाइँ हुन्।

तस्बिर: बर्षा शाह

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...