मिनिल्यान्डमा सहिदहरुकाे सम्झनामा कविता वाचन, सामना ओझाको कविता उत्कृष्ट
मोरङ्गको रंगेलीमा रहेको मिनिल्याण्ड इङलिस बोर्डिङ स्कुलले सहिद दिवसको अवसरमा सहिदहरुकाे तस्बिरमा फुल माला अर्पण गर्नुकाे साथै विद्यालयमा अध्यनरत छात्रछात्राहरुले सम्पुर्ण ज्ञात तथा अज्ञात सहिदहरुलाई समर्पण गर्दै कविता वाचन समेत गरेका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले कबिता वाचन गरेर मनाेरञ्न समेत गराएका थियो । अमुल थापा, विवेक साह, सोनाली सोनी, सुमन झा, आकाङ्क्षा दास, सलिना दाहाल, अभिषेक भण्डारी, सामना ओझा, राहुल सिंह र ऋषव रायले कविता सुनाएका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिकाहरुकाे समेत सहभागी रहेको थियोे । कबिता वाचनमा सामना ओझाको कविता उत्कृष्ट समेत रहेको भन्दै सम्मान गरिएकाे विद्यालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।










