News Portal

महोत्सव सफल पार्न प्रतिवद्धता

हिमाली संचार संवाददाता
४२३ पटक
सुशील सिंह

सुर्खेत : सुर्खेत चेम्वर अफ कमर्शको आयोजनामा आउँदो फाल्गुन ३ गते देखी सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली महोत्सव २०७५ लाई भव्य रुपमा सफल पार्न सहयोग गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गरिएको छ ।

मंगलवार आयोजना गरिएको सुझाव संकलन एवंम प्रतिवद्धता प्राप्त गर्ने उदेश्य सहित चेम्वरको आयोजनामा गरिएको कार्यक्रममा सुर्खेत स्थित राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत, सुर्खेत उद्योग वाणिज्य संघ, आदीवासी जनजाती महासंघ, गैर सरकारी संस्था महासंघ, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान लगायतले महोत्सव भव्य रुपमा सफल पार्न आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपाका नेता मोहन बडुवालले निजी क्षेत्रसंग आफ्नो पार्टी हातेमालो गर्दै अघि बढ्न चाहेको बताउदै निर्वाचनको समयमा भएका प्रतिस्पर्धाहरुलाई बिर्सेर समुन्नत समाज बनाउन लाग्नुपर्नेमा जोड दिए ।

यसैगरी नेपाली कांगे्रस सुर्खेतका उपसभापति टेक बहादुर सिंहले महोत्सव सफल पार्न पार्टीको तर्फबाट कुनै कसर बाँकी नराखिने बताउदै सुर्खेतको सम्बृद्धिका लागी सुर्खेत उद्योग वाणिज्य संघ र सुर्खेत चेम्वर अफ कमर्श मिलेर अघि बढ्न सुझाव दिए ।
उनले भने, ‘जे जे पर्छ सहयोग गर्न तयार छौ, सकभर कर्णाली प्रदेशमा उत्पादित वस्तुहरु स्टलमा राखि विक्री वितरण गर्ने प्रयास रहोस ।

यसैगरी सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले चेम्वरले गर्ने महोत्सवमा सुर्खेत उद्योग वाणिज्य संघको पुर्ण समर्थन रहेको बताउँदै महोत्सव कसरी भव्य रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने वारेमा सोँचेर अगाडी बढ्न सुझाव दिए ।आवश्यक परेको बखत खवर पाए सहयोगका लागी तुरुन्त उपस्थित हुनेछु, उनले भने ।

यस्तै आदीवासी जनजाती महासंघ सुर्खेतका अध्यक्ष पञ्चसिह रोकायाले अघिल्लो पटक आफुहरुले गरेको कार्यक्रममा कतैबाट सहयोग नपाएको बताउँदै चेम्वरको महोत्सवलाई सहयोग गर्न आफु लागिपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक निरन्जन घिमिरेले शान्ति सुरक्षा कायम गर्न आफुहरु तयार रहेको बताउँदै महोत्सव स्थल भित्र मदिरा सेवन गर्न र जुवातास खेलाउन पुर्ण प्रतिबन्ध लगाउन आयोजकलाई सुझाव दिए ।

कार्यक्रममा नेकपाका नेता गंगाराम तिमिल्सेना, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान शाखा सुर्खेतका अध्यक्ष उत्तम शर्मा, गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसी लगायतले महोत्सव सफल पार्न आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष चिन्तामणि शर्माले प्राप्त सुझावहरुलाई पालना गर्दे जाने बताउदै सहयोगका लागी सबैसंग आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...