News Portal

  • डा केसीको समर्थनमा बिहिबार लोकतन्त्रवादी पेशागत संघसंगठनको बृहत प्रदर्शन

    हिमाली संचार संवाददाता
    ३८८ पटक

    काठमाडौं : लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन । मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले डा केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेका हुन ।

    प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुने र बानेश्वरमा पुगेर कोणसभामा परिणत हुने जानकारी दिए । उनका अनुसार प्रदर्शन केसीको मागमा ऐक्यबद्धता सहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्धामा केन्द्रित रहने छ ।

    नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदर्शनमा लोकतन्त्रवादी सबै पेशागत संघ संगठनको सहभागीता रहने जानकारी दिए ।बुधबारको भेलामा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केसी सहित, सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्सका अध्यक्ष लक्ष्मण केसी, प्रेस युनियन महासचिव शिवाकोटी, डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष योगेन्द्र अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, डेमोक्रेटिक एग्रिकल्चर एसोसियसनका अध्यक्ष सुर्य पौडेल, त्रिवी प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष भोला सिग्देल, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना सहितका बुद्धिजीविहरु सहभागी थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...