News Portal

डा केसीको समर्थनमा बिहिबार लोकतन्त्रवादी पेशागत संघसंगठनको बृहत प्रदर्शन

हिमाली संचार संवाददाता
४१६ पटक

काठमाडौं : लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन । मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले डा केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेका हुन ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुने र बानेश्वरमा पुगेर कोणसभामा परिणत हुने जानकारी दिए । उनका अनुसार प्रदर्शन केसीको मागमा ऐक्यबद्धता सहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्धामा केन्द्रित रहने छ ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदर्शनमा लोकतन्त्रवादी सबै पेशागत संघ संगठनको सहभागीता रहने जानकारी दिए ।बुधबारको भेलामा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केसी सहित, सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्सका अध्यक्ष लक्ष्मण केसी, प्रेस युनियन महासचिव शिवाकोटी, डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष योगेन्द्र अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, डेमोक्रेटिक एग्रिकल्चर एसोसियसनका अध्यक्ष सुर्य पौडेल, त्रिवी प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष भोला सिग्देल, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना सहितका बुद्धिजीविहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...