News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ १४ गते सोमबार, तदअनुसार २०१९ जनवरी २८ तारिख

    हिमाली संचार संवाददाता
    ४४६ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    धेरै खर्च र ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू संग्रह गर्ने समय छ। साथीभाइको निम्तो प्राप्त हुनाले रमाइलो यात्राका लागि पनि खर्च हुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ने देखिन्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    एकसाथ चुनौती र लाभको अवसर प्राप्त हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। काम सम्पादन भए पनि पछि दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नुका साथै मनग्गे लाभ हुनेछ। तापनि, गोपनीयतामा विशेष सजग रहनुपर्ला।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला।

    प्रतिकृया दिनुहोस्

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...

    तनहुँमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौँ, वैशाख ७ – तनहुँको नेपाल डाँडास्थित सडक खण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको...