News Portal

एप्पलले रच्यो इतिहास, १० खर्ब डलर मूल्यको दुनियाँकै पहिलो कम्पनी

हिमाली संचार संवाददाता
७३६ पटक

आइफोन निर्माता कम्पनी एप्पल १० खर्ब डलर मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै एप्पलले बिहीबार १० खर्ब डलर मूल्यको कोशेढुङ्गा पार गरेको हो ।

दोश्रो त्रैमासिक अवधिको सन्तोषजनक वित्तीय प्रतिवेदन सार्वजनिक भएको भोलिपल्टै एप्पलको शेयर मूल्य बढेर प्रतिशेयर २०७ डलर नाघेको थियो । जसका कारण कम्पनीको कूल बजार मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको हो ।

सन् १९७६ मा स्टिभ जब्सले पर्सनल कम्प्युटर निर्माणका लागि स्थापना गरेको एप्पल स्थापनाको ४२ वर्षमा दश खर्ब डलरको कम्पनी बन्न सफल भएको हो । कम्पनीको शेयर मूल्यमा सन् २०११ यता २ हजार प्रतिशतले वृद्धि भएको छ । सोही वर्ष जब्सलाई प्रतिस्थापन गर्दै टिम कुक एप्पलको सीर्इअाे बनेका थिए ।

एप्पलले १० खर्ब डलर मूल्य कायम गरी राखेको कीर्तिमान यसअघि कसैले पनि आधिकारिक रुपमा कायम गर्न सकेका छैनन् । यद्यपि, सन् २००७ मा पेट्रो चाइना कम्पनी विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी बनेको दाबी गरिएको थियो । तर कम्पनीको केवल २ प्रतिशत शेयर मात्र सर्वसाधारणका लागि जारी गरिएको अवस्थामा उक्त दाबी अविश्वसनीय देखियो ।

यस्तै साउदी अरबको नेसनल आयल कम्पनी साउदी अराम्को विश्वकै पहिलो २० खर्ब डलरको कम्पनी बन्ने क्रममा रहेको बताइन्छ । यदी अराम्कोले पब्लिक शेयर जारी गरेमा कम्पनीको मूल्य २० खर्ब डलर पुग्ने दाबी गरिएको भए पनि यो अझै हेर्न बाँकी नै छ ।

स्मरणरहोस्, यसहप्ता एप्पलको शेयर मूल्यमा देखिएको उच्च वृद्धि मंगलबार कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तिय रिपोर्टको परिणाम भएको विश्लेषकहरुले बताएका छन् । रिपोर्ट अनुसार पछिल्लो तीन महिनामा एप्पलले ११ अर्ब ५० करोड मुनाफा कमाएको छ । यस अवधिमा एप्पलले ५३ अर्ब ३० करोड मूल्यको व्यापार गर्न सफल भएको छ ।

गत वर्ष एप्पलले २ सय २९ अर्ब डलरको व्यापार गर्न सफल भएकोमा झण्डै ४८ अर्ब डलर नाफा कमाएको थियो ।

यस्तो छ एप्पलको सफलताको इतिहास

सन् १९७६ मा स्थापना

सन् १९८० डिसेम्बर १२ मा पब्लिक कम्पनीको रुपमा शेयर बजारमा प्रवेश । पहिलोपटक प्रतिशेयर मूल्य ०.५१ डलर ।

सन् १९८५ मा व्यवस्थापनमा भएको खटपटसँगै अध्यक्ष स्टिभ जब्सले एप्पल कम्पनी छाडे ।

सन् १९९७ मा पुनः एप्पल प्रवेश गरेका स्टिभ जब्स सिइओमा नियुक्त ।

सन् १९९८ मा आइम्याक जी थ्री सार्वजनिक

सन् २००१ मा आइपड सार्वजनिक ।

सन् २००७ मा आइफाेन सार्वजनिक ।

सन् २०११ मा बिरामी भएसँगै स्टिभ जब्सद्वारा सीर्इओबाट राजीनामा, टिम कुक नयाँ सीर्इअाे बनेका ।

सन् २०१५ मा एप्पल ७ खर्ब डलरभन्दा अधिक मूल्ययुक्त विश्वको पहिलो कम्पनी बन्न सफल ।

सन् २०१८ मा १० खर्ब डलर मूल्यको पहिलो कम्पनी बन्न सफल ।

दी गार्जियनको सहयोगमा

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...