News Portal

महोत्सवले व्यापार व्यावसायमा टेवा पुग्छ : नगर प्रमुख शर्मा

हिमाली संचार संवाददाता
४९१ पटक

ज्ञानु गौतम : चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले चौरजहारीमा आयोजना गरीने महोत्सवले यस क्षेत्रको व्यापार व्यावसायमा सहयोग पुग्ने वताउनु भएको छ ।

चौरजहारी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको चौरजहारी वृहत महोत्सव २०७५ को छलफल कार्यक्रममा वोल्दै शर्माले महोत्सवमा राखिने विभिन्न स्टल र दर्सकहरुको आवतजावतले गर्दा व्यापार व्यावसायमा सहयोग पुग्ने कुरामा आफुले अपेक्षा राखेको वताउनुभयो ।

सो अवसरमा प्रमुख शर्माले स्थानिय उत्पादन, कला संस्कृति रितिरिवाज एवम परम्परा झल्किने किसिमका विषय वस्तु तथा सामाग्री महोत्सवमा समेटन वाणिज्य संघलाई सुझाव दिनुभयो । उद्योग वाणिज्य संघले चौरजहारीमा आगामाी फाल्गुन ७ गते देखि १७ गते सम्म वृहत चौरजहारी महोत्सव संचालन गर्न लागेको छ ।

वाणिज्य संघका वरिष्ठ उपाअध्यक्ष यदूकुमार आचार्यको संचालन तथा संघका अध्यक्ष प्रेम गहतराजको अध्यक्षतामा सम्पन्न छलफलमा नगर प्रमुख विशाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...