News Portal

ब्राजिलमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ३४ पुग्यो, ३ सय अझै बेपत्ता

हिमाली संचार संवाददाता
५१९ पटक

ब्राजिलमा शुक्रबार खानीको बाँध भत्किएर आएको बाढीमा परी कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् । करिब ३ सय जना हराइरहेका छन् ।

ब्राजिलको दक्षिण–पूर्वमा अवस्थित ब्रुमाडिना नजिकै अवस्थित खानी भत्किँएर आएको लेदोले मानवीय क्षति तथा हताहती भएको हो । बीबीसीका अनुसार, हिलोसहितको बाढीले चमेनागृहमा खाजा खाइरहेकाहरुलाई बगाएको थियो ।

हराइरहेकाहरुको उद्धार तथा खोजी कार्यका लागि उद्धारकर्ताहरु लागिपरेका छन् । माटो पन्छाउने यन्त्रको सहायताले उद्धारको प्रयास भइरहे पनि जीवितै उद्धार हुने सम्भावना कम रहेको राज्यका गभर्नरले बताएका छन् ।

भत्किएको बाँध ब्राजिलकै सबैभन्दा ठूलो खानी कम्पनी भालीको हो । बाँध भत्कनुको कारण खुलेको छैन । ब्राजिलको मिनज जराइसस्थित मारिआनामा तीन वर्षअघि पनि बाँध भत्किएको थियो । जसमा १९ जनाले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...