News Portal

ब्राजिलमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ३४ पुग्यो, ३ सय अझै बेपत्ता

हिमाली संचार संवाददाता
५६३ पटक

ब्राजिलमा शुक्रबार खानीको बाँध भत्किएर आएको बाढीमा परी कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् । करिब ३ सय जना हराइरहेका छन् ।

ब्राजिलको दक्षिण–पूर्वमा अवस्थित ब्रुमाडिना नजिकै अवस्थित खानी भत्किँएर आएको लेदोले मानवीय क्षति तथा हताहती भएको हो । बीबीसीका अनुसार, हिलोसहितको बाढीले चमेनागृहमा खाजा खाइरहेकाहरुलाई बगाएको थियो ।

हराइरहेकाहरुको उद्धार तथा खोजी कार्यका लागि उद्धारकर्ताहरु लागिपरेका छन् । माटो पन्छाउने यन्त्रको सहायताले उद्धारको प्रयास भइरहे पनि जीवितै उद्धार हुने सम्भावना कम रहेको राज्यका गभर्नरले बताएका छन् ।

भत्किएको बाँध ब्राजिलकै सबैभन्दा ठूलो खानी कम्पनी भालीको हो । बाँध भत्कनुको कारण खुलेको छैन । ब्राजिलको मिनज जराइसस्थित मारिआनामा तीन वर्षअघि पनि बाँध भत्किएको थियो । जसमा १९ जनाले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...