News Portal

क्यान्सर पीडित शाहीलाई सहयोगको लागि अपिल

हिमाली संचार संवाददाता
४७८ पटक

माघ १३, आइतबार : लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा बिरामी भएर थला परेपछि कसलाई पो पीडा हुँदैन र ? अहिले त्यस्तै भएको छ दैलेख भैरवी गाउँपालिका वडानम्बर ५ निवासी गणेशबहादुर शाहीलाई । अहिले उनी मात्र २१ बर्षका भए ।

सुरुमा सामान्य रोग होला भन्ने सोँचेका उनले त्यति बेला उनी झाँगाबाट खसेझैं भए, जब उनले सुर्खेतमा आएर चेकजाँच गरे । डाक्टरले उनलाई क्यान्सर भएको पुष्टी गरे र काठमाडौंको सिभिल हस्पिटलमा रिफर गरियो । सुर्खेतमा उनले गतबर्ष २०७४ साल फागुन २२ गते चेकजाँच गरेका थिए ।

त्यसपछि काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा फागुन २५ गते भर्ना भएका उनको १ सय ५९ दिन अस्पतालमै उपचार भयो । डाक्टरले २०७५ को भदौमा डिस्चार्ज गरे ।

झण्डै २० लाख खर्च गरेर रोग ठिक भयो भन्दै घर फर्केका उनको अकस्मात यही बर्षको पुसमा फेरि रोग बल्झिएको छ । अहिले उनी फेरि सिभिल अस्पतालको बेडमा थला परेका छन् । गत पुस १२ गते भर्ना भएका उनको अहिलेसम्म ३ लाख बढी रकम खर्च भइसकेको छ ।

डाक्टरहरुले अहिले बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनिरहेका छन्, तर त्यसका लागि रकम अभाव भएको गणेशका दाई नेमबहादुरले बताए । उनका अनुसार बोनम्यारो ट्रान्सप्लान्ट गर्न २५ देखि ३० लाख रकम आबश्यकता पर्छ ।

आवश्यक रकम कसरी जुटाएर भाईको उपचार गर्ने भन्ने चिन्ता छ,नेमबहादुरलाई । स्वास्थ्य र गृहमन्त्रालयमा भाईको उपचारका लागि फाइल समेत पेश गरेका उनले त्यहाँ कसैले पनि सुनुवाई नगरेको गुनासो गरे ।

आफ्नो सानो जागीरले भाईलाई २० लाख जति खर्च गर्न सकेपनि अब आफुसँग कुनै श्रोत नभएको नेमबहादुर बताउँछन् । “सरकारले नेताहरुका लागि करोडौं रकम खर्च गर्छ तर गरिब, दुःखीहरुको लागि केही पनि नगर्ने रहे” नेमबहादुरले भने । रकम अभावमा गणेशलाई ब्लड दिनपनि मुस्किल परेको छ ।

गणेशलाई अघिल्लो पटक ८० पोका रगत दिनु परेको थियो । अहिले ८ पोका रगत दिइसकेको र अब थप ब्लडको पनि आबश्यकता पर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । तर, भएको सबै धन सम्पती सकिएकोले थप उपचार गर्न नसकिएको नेमबहादुर बताए । उनले सहयोगको लागि सबैसँग आग्रह समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...