सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभाकर माविमा सञ्चालित राष्ट्रिय सेवा सुरक्षा दलको ३ महिने एनसीसी तालिम सम्पन्न भएको छ । प्रभाकर मावि देवस्थलमा अध्यायनरत ३६ जना विद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको छ ।
तालिमबाट विद्यार्थीले नैतिक आचारण, अनुसाशन, साधारण सैनिक तालिम, खुकुरी ड्रिल, एरोविक, टेक्वान्दो लगायतका तालिम हासिल गरेका छन् । ३ महिने तालिमका क्रममा विद्यार्थीलाई नैतीक आचारणका वारेमा वढि केन्द्रीत गराएको राष्ट्रिय सेवा सुरक्षा दलका प्रशिक्षक महेश पौडडेले वताउनु भयो ।
२१ दिन सम्म श्री राष्ट्रिय सेवा सुरक्षा पश्चिम तालिम शिक्षालय बाँकेमा सञ्चालित कार्यक्रममा विभिन्न प्रतियोगितामा समेत प्रभाकर माविका एनसिसि तालिम प्राप्त विद्यार्थीले ८ जिल्लाका १७ टिमलाई विभिन्न खेल प्रतियोगितामा विजय हासिल गरेको शिक्षक हिरालाल गौतमले जानकारि दिनु भएको छ । नसिसि तालिम प्राप्त विद्यार्थीको उक्त ३ महिने कार्यक्रम समापन भएको जनाएको छ ।
विद्यालयले राष्ट्रिय सेवा सुरक्षा दलका प्रशिक्षक टिम र तालिममा सहभागि विद्यार्थीलाई आज एक कार्यक्रमका विच ३ महिने तालिम समापन कार्याक्रमको आयोजना गरेको छ । विद्यार्थीले आफुले जानेको सिप पुर्णरुपमा व्यवहारमा लागु गर्ने जनाएका छन् । साथै उकत कार्याक्रममा विद्यार्थीले शैनिक तालिमको पदर्शनी देखाएका थिए ।