News Portal

चौहरजारी सडक खण्डको पिचसँगै पुलको काम अघि वढाउन स्थानीयको माग

हिमाली संचार संवाददाता
४६० पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यान : सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्डको ५ किमीबाटको स्तरवृद्धिको काम अलपत्र परेको छ । सल्लीवजार देखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी वजार नजिकै सम्मको लागि भनेर सिग्मा गाल्वा कन्ट्रशनले ११ करोडमा कामको जिम्मा लिएको थियो । सडक डिभिजन कार्यालय दाङ र कन्ट्रशनका नरहरी थपलिया विच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर ०७४ श्रावाणमा सम्झौता भएको थियो । तर गाल्वा कन्ट्रशनका नरहरी थपलियाले ४९ लाख पेश्की वुझिर कामको जिम्मा दोस्रो व्यक्ती राम वहादुर विष्टलाई दिएका थिए ।

पेश्की एउटाले र काम अर्कोले गर्नु पर्दा डबल कटिङको काम समेत १८ महिना विती सक्यो अझै सकिएको छैन् । वर्षा समयमा हिलो र हिउँदे समयमा धुलाको सास्ती खेपिरहेका स्थानीय वर्षातमा काचो माटोले हिडुल गर्न समेत समस्या भएको दुखेसो पोख्छन्। काम हेर्ने सडक डिभिजन कार्याल दाङले भने कामको ताकेता प्रति चासो नदिएको देखिन्छ । ज्याला नपाए पछि मददुरहरुले ४ महिना अघि काम छाडेका थिए । चौहरजारी सडक खण्डमा काम गर्ने निमार्ण व्यवसायीहरु भने आधा काम गर्ने भाग्ने गरेका छन् । उक्त सडक खण्डमा ५ वर्ष अघि सुरु भएका काम समेत अलपत्र अवस्थामा छन् ।

सडक डिभिजन कार्यालय दाङले उक्त सडकमा कामको जिम्मा लिने तर पुरा काम नगर्ने निमार्ण कम्पनिलाई कारवाहिको सट्टा उल्टै पुन काम थमाउने गरेको देखिन्छ । उक्त ५ किमी बाटोको स्तरवृद्धिको काम समेत लथालिङ अवस्थामा छ। काम सुरु गरे देखि ठेकेदार साईडमा नआउँदा सडकमा काम गर्ने ज्यामीहरु ज्याला नपाई भागेका थिए । काम एउटाले गर्ने र पेश्की रकम अर्कोले वुझ्दा काम अलपत्र परेको छ । ५ महिना अघि निमार्ण भएको ग्रावेल र नाली समेत भत्तकीएको छ ।

कामको जिम्मा लगेका ठेकेदार राम वहादुर विष्ट र सिग्मा गाल्वाका कन्ट्रक्सनका नरहरी थपलिया भने सम्पर्कविहीन छन् । काम गर्ने र ठेक्काको सम्झौता गर्ने दुवै सम्पर्क विहीन रहेकाले काम अलपत्र परेको छ। सडक डिभिजन कार्यालय दाङ्घले भने ५ नंम्बर प्रदेशबाट सडक ६ नम्बर प्रदेशलाई हस्ताणतरण हुदाँ काममा ढिलाई भएको जनाएको छ ।

यता सुर्खेत डिभिजन कार्यालय सुर्खेतले भने सडक हस्तानतरण भयो तर सडक निर्माणको वजेट निकासा नहुदाँ समस्या भएको जनाएको छ । उक्त क्षेत्रको ५ किमी सडकसँगै नाथेखोलामा मुआव्जाको विवादले रोकिएको पक्की पुलको काम समेत छिटो अघि वढाउन स्थानीयले तिव्र आक्रोष व्यक्त गरेका छन् । पुलको काम र सडक पिचको काममा ढिलाई भएकोमा स्थानीय रुष्ट वनेका छन् । जति सक्यो छिटो कामलाई निरन्तरता दिन माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...