News Portal

नेपाल प्रेस यूनियन सुर्खेतको अध्यक्षमा खड्का सर्वसम्मत

हिमाली संचार संवाददाता
४८८ पटक

सुर्खेत : नेपाल प्रेस युनियन सुर्खेत शाखाको ७ औं जिल्ला अधिवेशन बिहिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनवाट इश्वरबहादुर खड्काको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा बुद्धिसिंह ठकुरी (देउती टिभी), महिला उपाध्यक्षमा तीला भण्डारी (हाम्रो अखबार दैनिक), सचिवमा पुरुषोत्तम सापकोटा (रेडियो सुर्खेत), सहसचिवमा भूपेन्द्र घर्ती (रेडियो नेपाल), महिला सहसचिवमा निशा कँडेल (डाँडादरा एफएम), कोषाध्यक्षमा सिर्जना बुढाथोकी (जागरण एफएम) र सदस्यहरुमा रेवतीरमण उपाध्याय (एपीवान टेलिभिजन), चुडामणि पाण्डे (रेडियो नेपाल), महेश रोकाया (माउन्टेन टेलिभिजन), पुनम बिसी (काँक्रेबिहार दैनिक), यमुना परियार (डाँडादरा एफएम), उषा राना (डाँडादरा एफएम), अनुष मेहता (रेडियो नेपाल), दशरथ लम्साल (रेडियो सुर्खेत), इन्द्रजीत खड्का (इमजे टेलिभिजन) र निर्मल प्याकुरेल (श्रीनाथ अनलाइन) रहेका छन् ।

केन्द्रीय प्रतिनिधिमा चिरन्जीवी अर्याल (रेडियो सुर्खेत), श्रीधर पौड्याल (लोकमञ्च दैनिक), कलेन्द्र सेजुवाल (कान्तिपुर), नगेन्द्र उपाध्याय (नागरिक), सुदीप पुरी (एपीवान टेलिभिजन), प्रकाश पन्त (बिबिसी), लक्ष्मी भण्डारी (रासस), भानुभक्त खड्का (रेडियो नेपाल), भानुभक्त अधिकारी (समावेशी खबर), राजु कोइराला (न्यूज २४), माया थापा (देउती खबर), रमेश शाही (हाम्रो अखबार), नारायण खड्का (रेडियो नेपाल), रामकृष्ण गौतम (देउती टिभी), नारायण सापकोटा (लोकमञ्च दैनिक), सुरेन्द्र केसी (बुलबुले दैनिक), कौशीला चन्द (स्वतन्त्र लेखक) र तारापति शर्मा (रेडियो सुर्खेत) रहेका छन् ।

त्यसैगरी प्रदेश पार्षदमा सुशीलराज शर्मा (काँक्रेबिहार दैनिक), रमेशकुमार पाण्डे (हिमालयन टिभी), मानबहादुर ओली (इमेज टिभी) दीपकजंग शाही (सेतोपाटी), मानबहादुर खड्का (भेरीमालिका दैनिक), सपना खड्का (रेडियो नेपाल), बिन्तिराम महतो (रेडियो नेपाल), सोम ढकाल (भेरीगंगा एफएम), मेघराज ढकाल (हाम्रो अखबार दैनिक), रमा केसी (काँक्रेबिहार), सन्तोष श्रेष्ठ (देउती टिभी), नविनप्रकाश शाक्य (रेडियो नेपाल), यामबहादुर बिसी (रेडियो नेपाल), चन्द्रा रेग्मी (काँक्रेविहार दैनिक), विश्वन्धु रोकाया (रेडियो सुर्खेत), पुष्प बिसी (रेडियो सुर्खेत), देवेन्द्र सेजुवाल (हाम्रो अखबार दैनिक), दीपा गाहा (रेडियो सुर्खेत) कृष्ण शर्मा (रेडियो नेपाल) रहेका छन् ।

रेडियो सुर्खेतका स्टेसन म्यानेजरसमेत रहेका नवनिर्वाचित अध्यक्ष खड्काले सबैलाई समेटेर अघि बढ्ने धारणा राखे । उनले यूनियनलाई साँचो अर्थमा पत्रकारको संस्था बनाउने पनि बताए । ‘यूनियन जस्तो संस्थामा गैरपत्रकारको हालीमुहाली हुने र त्यसकै आधारमा राजनीति हुने क्रम बढेको छ,’ उनले भने, ‘अब म अध्यक्ष भएपछि त्यस्तो अवस्था रहने छैन ।’
नेपाल प्रेस यूनियनमा लामो समयदेखि चलेको द्वन्द्व अन्त्यको लागि २०७३ फागुन १० गते बृहत सहमति भएको थियो । सो सहमतिमा प्रेस यूनियनको नेतृत्व भानुभक्त खड्का वा निजले तोकेको व्यक्तिको अध्यक्षतामा सर्वसम्मत चयन गर्ने उल्लेख थियो ।

सोही सहमतिको आधारमा खड्काले इश्वरबहादुर खड्कालाई अध्यक्षमा प्रस्ताव गरेका थिए । तर, सहमति गर्नेमध्येको एक पक्ष तत्कालीन अध्यक्ष नरेशसिंह थापा पक्षले सहमति कार्यान्वयन गर्नुको साटो भाँड्ने काम गरेको थियो । हिजो एकपक्षीय रुपमा जिल्ला अधिवेशन तोकेर अघि बढेपछि आज सुर्खेतमा कार्यरत यूनियनमा आवद्ध क्रियाशील पत्रकारले सहमतिको मर्मअनुसार कार्यसमिति गठन गरेका हुन् ।

यो पनि पढ्नुहोस।

नेपाल प्रेस यूनियन सुर्खेतको अधिवेशन अबैधानिक : केन्द्रिय अध्यक्ष सिग्देल 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...