आज : २०२६-०६-०८, सोमबार

== गजल ==

– सिमा शाही ठकुरी

तिमी हिँड्ने बाटोमा नै अहिले पनि हिन्दै त छु
दाँज्न खोज्छौ सबै संग,अरु भन्दा भिन्दै त छु

जीबन के हो बुझ्न खोजें,भौंतारिंदै यहाँ वाहाँ ।
तिम्रै लागि सारा ख़ुशी अहिले पनि किन्दै त छु

कैले भेट्छु आफन्तलाइ,भेटछु कैले पराई पनि
आफ्नै भन्नेको देखियो,अहिले बल्ल चिन्दै त छु

सुख के हो खुसी के हो,हेर्दाहेर्दै दुनियामा
जेलिएको लटा सरी अहिले बल्ल छिन्दै त छु

तिमी हिँड्ने बाटोमा नै अहिले पनि हिन्दै त छु
दाँज्न खोज्छौ सबै संग,अरु भन्दा भिन्दै त छु।।

~ पालुङटार नगरपालिका, गोरखा
हाल : मरुभूमि, कुवेत