News Portal

प्रदेशस्तरीय यातायात व्यबस्था सेवा शुरु, मुख्यमन्त्री पौडेलले पाए पहिलो नम्बरको इलेक्ट्रिक गाडी

हिमाली संचार संवाददाता
५०१ पटक

हेटौंडा : हेटौंडामा प्रदेशस्तरीय यातायात व्यबस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । प्रदेश–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालय सञ्चालनमा ल्याएको हो। हेटौंडा–११ स्थित थानाभ¥याङमा स्थापना गरिएको सेवा कार्यालयबाट निजी, सरकारी, भाडाका सबै नयाँ सवारी दर्ता, वार्षिककर असुली, जाँचपास, इजाजतपत्र नवीकरण, पटकेकर र अस्थायी रुट परमिटको सेवा दिइने भएको छ ।

बुधबार सुरु कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्ने इलेक्ट्रिक गाडीलाई पहिलो नम्बर (प्रदेश–३–०३–००१ झ ०००१) प्रदान गरी सेवा सुरु गरिएको छ । प्रदेश संरचनाअनुसार प्रदेश–३ बाट पहिलो पटक सवारी दर्ता सुरु भएको हो। काठमाडौं बाहिर पहिलोपटक हेटौंडा कार्यालयले प्रदेश संरचनाबाट सेवा दिन सुरु गरेको छ ।

कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले कार्यालय स्थापनासँगै सेवाग्राहीले काम भएन भनेर गरेको गुनासो सुन्न नपर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । उहाँले प्रदेश संरचनाअनुसार पहिलो पटक सवारी दर्ता सुरु गरिएकाले केही प्राविधिक तथा अन्य समस्या पर्नसक्ने भन्दै त्यसका लागि मन्त्रालयसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।

केही दिनमा सवारीचालक अनुमतिपत्र नवीकरण पनि सुरु हुने कार्यालयले जनाएको छ । नयाँ सवारीचालक अनुमतिपत्रका लागि केही पूर्वाधार अभाव रहेकाले हाल सुरु नभएको कार्यालयले जनाएको छ ।

प्रदेशको यातायात सम्बन्धि ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी छ । त्यससम्बन्धि निर्देशिकासमेत निर्माण भइरहेकाले नयाँ अनुमतिपत्र बितरणको काम तत्काल सुरु गर्न नसकिएको हो ।

प्रदेश–३ को हेटौंडा कार्यालयले सेवा सुरु गरे पनि अन्य प्रदेशमा भने प्रदेश संरचनाअनुसार सवारी दर्ता सुरु भएको छैन । ३ नम्बर प्रदेशअन्तर्गत्का १० वटा यातायात कार्यालयमध्ये काठमाडौं उपत्यकाभित्रका ४ वटा कार्यालयले भने सवारी अनुमतिपत्र जारी गर्नुका साथै पुरानो प्रक्रियाबाट सवारी दर्ता गरिरहेका छन् । नेस

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...