News Portal

मोस्ट वान्टेड सूचीमा रहेका जैसवालको प्रहरी इन्काउन्टर मृत्यु

हिमाली संचार संवाददाता
५२२ पटक
केशवराज जोशी

सप्तरीमा गएराति प्रहरी इन्काउन्टरमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र जैसवालको मृत्यु भएको छ । प्रदेश नम्बर २ प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयको गस्तीमा रहेको टोलीसँगको दोहोरो भिडन्तमा जयसवालको मृत्यु भएको हो ।

जैसवालको समूहले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । उनी प्रहरीको खोजी सूचीमा थिए । ‘मोस्ट वान्टेड’ सूचीमा रहेका उनको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ ।

जयसवालकै टोलीले सप्तरीको विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र यादवलाई गोली प्रहार गरेको थियो । हवल्दार यादव अहिले उपचाररत छन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...