News Portal

मोस्ट वान्टेड सूचीमा रहेका जैसवालको प्रहरी इन्काउन्टर मृत्यु

हिमाली संचार संवाददाता
५७२ पटक
केशवराज जोशी

सप्तरीमा गएराति प्रहरी इन्काउन्टरमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र जैसवालको मृत्यु भएको छ । प्रदेश नम्बर २ प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयको गस्तीमा रहेको टोलीसँगको दोहोरो भिडन्तमा जयसवालको मृत्यु भएको हो ।

जैसवालको समूहले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । उनी प्रहरीको खोजी सूचीमा थिए । ‘मोस्ट वान्टेड’ सूचीमा रहेका उनको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ ।

जयसवालकै टोलीले सप्तरीको विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र यादवलाई गोली प्रहार गरेको थियो । हवल्दार यादव अहिले उपचाररत छन् ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...