News Portal

सल्लेरि वनको उपभोक्ताद्धारा गोडमेल, जंगलको आयबाट सिपमुलक तालिम

हिमाली संचार संवाददाता
६१५ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ डोप्केमा पर्ने सल्लेरि समादुयीक वनलाई स्थानीयले उपभोक्ताले वर्षेनी गोडमेल गर्ने गरेका छन् । सल्लेरि सामुदायीक उपभोक्ता समितीका पदाधिकारी देखि स्थानीय गाउँलेहरुले जंगल संरक्षणलाई अभियानकै रुपमा लिने गरेका छन् ।

प्रत्येक वर्ष उनिहरु जंगलमा रहेका साना-ठुला साल, सल्ला र अन्य वोट विरुवाको काँटछाँट तथा गोडमेल गर्ने गरेका छन् । डोप्केमा सामुदायीक जंगलको आम्दानीबाट सिपमुलक तालिम देखि घुम्तीकोष, खानेपानी, बाटोघाटो, विद्यालय र पोखरि निमार्णमा खर्चेको देखिन्छ । गाउँकै उपभोक्ता ३० जना महिलालाई यतिवेला ३ महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ ।

जंगलको आम्दानीबाट २ लाख रुपैयाँ खर्चेर उपभोक्ता समुहमा आवद्ध ३० जना महिलालाई तालिम दिएको सल्लेरी सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष झलक वुढाथोकिले वताउनु भयो । त्यसै गरि जंगलकै कोषबाट ४५ हजारको खानेपानी टंयाकी निर्माण, ४५ हजारको पोखरि निर्माण, ६० हजारको घुम्ती कोष कार्यक्रम र जंगल वचाउन तथा वृक्षरोपणको लागि समेत केहि रकम खर्चेको वताएको छ ।

डोप्केमा रहेको सल्लेरि सामुदायीक वन उपभोक्ताहरुले जंगलको आम्दानी सामाजिक कार्यमा खर्चने गरेका छन् । सल्लेरि वनको २ सय ५२ हेकटर क्षेत्रफलको जंगललाई गाउँलेहरुले आफ्नो सम्पति भन्दा वढि माया गर्ने गरेका छन् ।

समितीकी सचिव अनिता वुढाथोकिका अनुसार महिलाको आयआर्जनमा सिपयुक्त तालिम प्रदान गर्न समेत वन सहयोगी हात वनेको वताउनु भयो ।

गाउँमा कसैलाई दुख तथा विपती पर्दा समेत जंगलको आयबाट सहयोग हुने गरेको छ । पश्चिम सल्यानको क्षेत्रमा रहेका अन्य केहि सामुदायीक वनको रकम समितीकै पदाधिकारीले भोक चलन गर्ने र पादर्शि नभएको देखिन्छ ।

पश्चिम क्षेत्रको अन्य केहि वडाहरुमा जंगल अतिक्रमणको चपेटामा पर्ने गरेको छ । व्यापक मात्रामा जंगलका रुखहरु कटानी समेत हुने गरेको छ । जंगल संरक्षण गर्ने कामका कसैको तदारुकता देखिदैन् । तर साविक मुलखोलाको डोप्केले भने जंगल वचाउने र जंगलबाट हुने आयलाई सदुपयोग गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...