News Portal

सल्लेरि वनको उपभोक्ताद्धारा गोडमेल, जंगलको आयबाट सिपमुलक तालिम

हिमाली संचार संवाददाता
५६४ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ डोप्केमा पर्ने सल्लेरि समादुयीक वनलाई स्थानीयले उपभोक्ताले वर्षेनी गोडमेल गर्ने गरेका छन् । सल्लेरि सामुदायीक उपभोक्ता समितीका पदाधिकारी देखि स्थानीय गाउँलेहरुले जंगल संरक्षणलाई अभियानकै रुपमा लिने गरेका छन् ।

प्रत्येक वर्ष उनिहरु जंगलमा रहेका साना-ठुला साल, सल्ला र अन्य वोट विरुवाको काँटछाँट तथा गोडमेल गर्ने गरेका छन् । डोप्केमा सामुदायीक जंगलको आम्दानीबाट सिपमुलक तालिम देखि घुम्तीकोष, खानेपानी, बाटोघाटो, विद्यालय र पोखरि निमार्णमा खर्चेको देखिन्छ । गाउँकै उपभोक्ता ३० जना महिलालाई यतिवेला ३ महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ ।

जंगलको आम्दानीबाट २ लाख रुपैयाँ खर्चेर उपभोक्ता समुहमा आवद्ध ३० जना महिलालाई तालिम दिएको सल्लेरी सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष झलक वुढाथोकिले वताउनु भयो । त्यसै गरि जंगलकै कोषबाट ४५ हजारको खानेपानी टंयाकी निर्माण, ४५ हजारको पोखरि निर्माण, ६० हजारको घुम्ती कोष कार्यक्रम र जंगल वचाउन तथा वृक्षरोपणको लागि समेत केहि रकम खर्चेको वताएको छ ।

डोप्केमा रहेको सल्लेरि सामुदायीक वन उपभोक्ताहरुले जंगलको आम्दानी सामाजिक कार्यमा खर्चने गरेका छन् । सल्लेरि वनको २ सय ५२ हेकटर क्षेत्रफलको जंगललाई गाउँलेहरुले आफ्नो सम्पति भन्दा वढि माया गर्ने गरेका छन् ।

समितीकी सचिव अनिता वुढाथोकिका अनुसार महिलाको आयआर्जनमा सिपयुक्त तालिम प्रदान गर्न समेत वन सहयोगी हात वनेको वताउनु भयो ।

गाउँमा कसैलाई दुख तथा विपती पर्दा समेत जंगलको आयबाट सहयोग हुने गरेको छ । पश्चिम सल्यानको क्षेत्रमा रहेका अन्य केहि सामुदायीक वनको रकम समितीकै पदाधिकारीले भोक चलन गर्ने र पादर्शि नभएको देखिन्छ ।

पश्चिम क्षेत्रको अन्य केहि वडाहरुमा जंगल अतिक्रमणको चपेटामा पर्ने गरेको छ । व्यापक मात्रामा जंगलका रुखहरु कटानी समेत हुने गरेको छ । जंगल संरक्षण गर्ने कामका कसैको तदारुकता देखिदैन् । तर साविक मुलखोलाको डोप्केले भने जंगल वचाउने र जंगलबाट हुने आयलाई सदुपयोग गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...