News Portal

इजिप्टमा आतंकवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

हिमाली संचार संवाददाता
५१९ पटक

एजेन्सी : इजिप्टको सिनाइ क्षेत्रमा सेनाको आतंकवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको इजिप्टको सेनाले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ ।

सेनाको दोस्रो तथा तेस्रो स्थल शिविर क्षेत्रमा भएका कारबाहीमा विस्फोटक पदार्थ र हतियारधारी अन्य ४४ जना आतंकवादी मारिएका छन्। उक्त क्रममा सेनाका एक अधिकृत तथा अन्य ६ सिपाहीको पनि मृत्यु भएको सेनाले बताएको छ।

उक्त सुरक्षा कारबाहीका क्रममा सेनाले १४२ जना लडाकूलाई नियन्त्रणमा लिएको, ५६ गाडी तथा दुई हतियार भण्डार नष्ट गरिएका बताइएको छ।

विद्रोहीद्वारा सेनालाई लक्षित गरी राखिएका २४२ विस्फोटक वस्तुलाई सुरक्षित रूपमा नष्ट गरेको सेनाले बताएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...