News Portal

पत्याउनु हुन्छ माघ महिनामा पनी धान रोपाई ?

हिमाली संचार संवाददाता
५३३ पटक
रबिन्द्र बराल, मोरङ

के पत्याउनु हुन्छ? माघ महिनाकाे चिसाे समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ? सायदै धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका ६ स्थित मधुवनि चोक नजिकै र सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गि टाेल नजिकैमा रहेको १५ बिघा खेतमा अहिले धान राेपाई धमाधम भइरहेको छ । माघ महिनाको जाडोकाे समयमा महिला मजदुर महिलाहरु एकाबिहानै देखि हिलाम्मे खेतमा धान रोप्न ब्यस्त हुन थालेका छन ।

सो क्षेत्रमा रहेको सयौं बिघा खेतमा अहिले कृषकहरु धान रोपाँईमा ब्यस्त हुन थालेका छन । नेपाल सरकारले कागजमा जन मजदुर गर्ने महिला वा पुरुषलाई ज्याला तय गरेता पनि त्याे भनेे ब्यवहारमा लागू हुन सकेको छैन । ५ सय रुपैयाँ ताेके पनि महिलाहरुले एक दिन धान राेपे पुरुषलाई ३ सय रुपैयाँ दिएता पनि महिलाहरुलाई १ सय मात्रै दिने गरेको पार्वती ऋिषिदेव ले बताएईन ।

रंगेलीका २५ बर्षका भरत राजवंशीले बिगत २० बर्ष देखि ३ बिघा खेतमा धान खेती गर्दै अाफुहरुले ठेक्कामा धान राेप्न लगाउने गरेकाे बताए। ३ बिघा खेतमा दुई बालि घान मात्रै लगाउने गरेका छन । माटो नराम्रो भएका कारण अरु वालि नहुने भएको हुनाले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको उनले बताए।

अहिले उक्त खेतमा घुटराज धान राेपी रहेका छन ।माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोपने गरेको उनलेे बताए । अहिले खेति गर्ने धेरै मेहनत गर्नुपर्ने र खर्च समेत बडिनै गर्नुपर्ने काे समेत बताए । सो खेतमा ३सय मन सम्म धान उत्पादन हुने गरेको छ । अहिले वैदेशिक रोजगारीले गर्दा खेत बारीमा काम गर्ने मजदुरहरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्ने समस्य समेत परेको राजवंशीले बताए ।

धान रोपी सकेपछि सो धानमा हाल्ने औषधी र मलहरु नेपाल सरकारले समयमै उपलब्ध नगराउदाँ कृषकहरुले चर्काे मुल्यमा किन्नु पर्ने बाध्यता रहेको र भारतबाट मल ल्याउदा समेत भारतीय प्रहरी र नेपाल प्रहरीले अाफुहरुलाई दुख दिने गरेको गुनासो पाेखे । सिचाईको लागि मोटर लगाएर पानी हाल्नु पर्ने र यस भेगमा नहरको समेत बेवास्ता नभएको बताए।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...