News Portal

सहसचिव पाण्डेको अभिव्यक्तिप्रति खानेपानी मन्त्रालयको आपत्ति

हिमाली संचार संवाददाता
३५२ पटक

काठमाडौँ – खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ । मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठकाअनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको देखिएको छ ।

सहसचिव पाण्डेलाई नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको भएपनि आफ्नो जिम्मेवारी पूरा नगरेकाले फिर्ता आएको भन्दै मन्त्रालयले उनको दरबन्दी मन्त्रालयमा नभएकाले जिम्मेवारी नदिइएको स्पष्ट पारेको छ ।

मन्त्रालयअन्तर्गतका अन्य निकायमा जिम्मेवारी तोक्दासमेत उनले नमानेको उल्लेख गर्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरे पनि सहसचिव पाण्डेले एक कार्यक्रमका लागि विदेश भ्रमणको स्वीकृति मागेको र स्वीकृति नपाएपछि अनुशासनहीन गतिविधि गरेको मन्त्रालयको भनाइ छ ।

सहसचिव पाण्डेले भने सामाजिक सञ्जालमार्फत आफूलाई मन्त्रालयले कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...