News Portal

सहसचिव पाण्डेको अभिव्यक्तिप्रति खानेपानी मन्त्रालयको आपत्ति

हिमाली संचार संवाददाता
३७१ पटक

काठमाडौँ – खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ । मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठकाअनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको देखिएको छ ।

सहसचिव पाण्डेलाई नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको भएपनि आफ्नो जिम्मेवारी पूरा नगरेकाले फिर्ता आएको भन्दै मन्त्रालयले उनको दरबन्दी मन्त्रालयमा नभएकाले जिम्मेवारी नदिइएको स्पष्ट पारेको छ ।

मन्त्रालयअन्तर्गतका अन्य निकायमा जिम्मेवारी तोक्दासमेत उनले नमानेको उल्लेख गर्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरे पनि सहसचिव पाण्डेले एक कार्यक्रमका लागि विदेश भ्रमणको स्वीकृति मागेको र स्वीकृति नपाएपछि अनुशासनहीन गतिविधि गरेको मन्त्रालयको भनाइ छ ।

सहसचिव पाण्डेले भने सामाजिक सञ्जालमार्फत आफूलाई मन्त्रालयले कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...