News Portal

इटालियन सिरीए फुटबलमा युभेन्टस ३–० ले विजयी

हिमाली संचार संवाददाता
४१४ पटक

इटालियन सिरीए फुटबलमा लिग लिडर युभेन्टसले चिभोलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले चिभो माथि ३–० गोल अन्तरले सहज जित निकालेको हो । युभेन्टसको जितमा डौग्लास कोष्टा, इम्रे केन र ड्यानिइल रुगनीले गोल गरे ।

युभेन्टसले तीन गोल गरेपनि क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् । खेलको १३औं मिनेटमा नै कोष्टाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । ४५औं मिनेटमा केनको गोलसँगै युभेन्टसले दोब्बर अग्रता बनाएको थियो ।

पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै ३–० गोलको जित निकालेको हो । खेलको ८४औं मिनेटमा रुगनीले गोल गरेका थिए ।

जितपछि लिग लिडर युभेन्टसले २० खेलबाट ५६ अंक बनाएको छ । पराजित चिभोको भने २० खेलबाट आठ अंक मात्रै रहेको छ । लिगको दोस्रो स्थानमा भने नेपोली रहेको छ । उसको २० खेलबाट ४७ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...