News Portal

सिम्ता गाउँपालिकाका सबै वडामा विद्युत, सिम्ता उज्यालो बनाउन ३० करोड !

हिमाली संचार संवाददाता
४८२ पटक

सुर्खेत : जिल्लाको सिम्ता गाउँपालिकामा विद्युतीकरण गरिने भएको छ । उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण विभाग र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने भएको हो । जसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय विभागबाट गरिएको छ ।

गाउँपालिकाका १२ वडामध्ये ९ वडामा विधुतीकरण गरिने छ । वडा नम्बर ५, ६ र ७ मा नेपाल विधुत प्राधिकरणले नै विद्युत विस्तार गर्ने भएको छ । पहिलो सभाबाट सिम्ता उज्यालो बनाउने लक्ष्य गाउँपालिकाले लिएको थियो ।

गाउँपालिका र विभागबीच भएको सम्झौता अनुसार १० प्रतिशत बजेट गाउँपालिकाकोतर्फबाट विभागको खातामा जम्मा गर्नुपर्ने छ । जसअनुसार तीन करोड रुपैयाँमा गाउँपालिकाले विभागको खातामा जम्मा गर्ने तयारी गरेको अध्यक्ष कविन्द्रकुमार केसीले बताए ।

‘सरोकारवालाासँग समन्वय गर्ने काम र लगानीको सम्भावना खोज्ने काम सकिएको छ’ उनले भने, ‘विभागले कार्यक्रमका लागि आवश्यक बजेट सहयोग गर्ने निर्णय गरेपछि काम अगाडी बढ्ने भएको हो ।’

सिम्ताका सर्वसाधारणले दिएको शेयर र गाउँपालिकाको बजेटबाट १० प्रतिशत बजेट जम्मा भइसकेको छ । उक्त बजेट विभागको खातामा जम्मा गरेपछि गाउँपालिकाले विद्युुतीकरणका लागि आवश्यक बजेट पाउने छ ।

गाउँपालिकाले विभागबाट करिव ३० करोड रुपैयाँ विद्युतीकरणका लागि पाउनेछ । त्यसपछि शेयर प्रमाणपत्र प्रदान गरिने छ । १० प्रतिशत जनसहभागिता र ९० प्रतिशत विभागको आर्थिक सहयोगमा विद्युत विस्तार गर्न लागिएको अध्यक्ष केसीले बताए ।

विभागले विद्युत निर्माण गरेपछि गाउँलाई हस्तान्तरण गर्नेछ । पहिलो गाउँसभाबाट लिएको तीन वटा निती अनुसार काम भइरहेको उनले बताए ।

गाउँपालिकाले सबै वडा र गाउँपालिकासम्म पहुचमार्ग निर्माण गर्ने, उज्यालो सिम्ता र जनतासँग सिम्ता गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने रणनीति सभाबाट पास गरेको थियो ।

पहुचमार्ग अन्तरगत वडादेखि गाउँपालिकाका सम्पूर्ण ठाउँमा सडक सञ्जाल पुर्याउने, उज्यालो सिम्ता अन्तरगत विद्युत सेवा विस्तार गर्ने उदेश्य लिइएको थियो ।

यस्तै, आर्थिक, सामाजिक तथा शसक्तिकरणका क्षेत्रमा काम गर्न जनतासँग सिम्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । जनतासँग सिम्ता कार्यक्रम निकै महत्वकाक्षाका रुपमा लिइएको अध्यक्ष केसीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...