News Portal

सिम्ता गाउँपालिकाका सबै वडामा विद्युत, सिम्ता उज्यालो बनाउन ३० करोड !

हिमाली संचार संवाददाता
५३१ पटक

सुर्खेत : जिल्लाको सिम्ता गाउँपालिकामा विद्युतीकरण गरिने भएको छ । उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण विभाग र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने भएको हो । जसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय विभागबाट गरिएको छ ।

गाउँपालिकाका १२ वडामध्ये ९ वडामा विधुतीकरण गरिने छ । वडा नम्बर ५, ६ र ७ मा नेपाल विधुत प्राधिकरणले नै विद्युत विस्तार गर्ने भएको छ । पहिलो सभाबाट सिम्ता उज्यालो बनाउने लक्ष्य गाउँपालिकाले लिएको थियो ।

गाउँपालिका र विभागबीच भएको सम्झौता अनुसार १० प्रतिशत बजेट गाउँपालिकाकोतर्फबाट विभागको खातामा जम्मा गर्नुपर्ने छ । जसअनुसार तीन करोड रुपैयाँमा गाउँपालिकाले विभागको खातामा जम्मा गर्ने तयारी गरेको अध्यक्ष कविन्द्रकुमार केसीले बताए ।

‘सरोकारवालाासँग समन्वय गर्ने काम र लगानीको सम्भावना खोज्ने काम सकिएको छ’ उनले भने, ‘विभागले कार्यक्रमका लागि आवश्यक बजेट सहयोग गर्ने निर्णय गरेपछि काम अगाडी बढ्ने भएको हो ।’

सिम्ताका सर्वसाधारणले दिएको शेयर र गाउँपालिकाको बजेटबाट १० प्रतिशत बजेट जम्मा भइसकेको छ । उक्त बजेट विभागको खातामा जम्मा गरेपछि गाउँपालिकाले विद्युुतीकरणका लागि आवश्यक बजेट पाउने छ ।

गाउँपालिकाले विभागबाट करिव ३० करोड रुपैयाँ विद्युतीकरणका लागि पाउनेछ । त्यसपछि शेयर प्रमाणपत्र प्रदान गरिने छ । १० प्रतिशत जनसहभागिता र ९० प्रतिशत विभागको आर्थिक सहयोगमा विद्युत विस्तार गर्न लागिएको अध्यक्ष केसीले बताए ।

विभागले विद्युत निर्माण गरेपछि गाउँलाई हस्तान्तरण गर्नेछ । पहिलो गाउँसभाबाट लिएको तीन वटा निती अनुसार काम भइरहेको उनले बताए ।

गाउँपालिकाले सबै वडा र गाउँपालिकासम्म पहुचमार्ग निर्माण गर्ने, उज्यालो सिम्ता र जनतासँग सिम्ता गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने रणनीति सभाबाट पास गरेको थियो ।

पहुचमार्ग अन्तरगत वडादेखि गाउँपालिकाका सम्पूर्ण ठाउँमा सडक सञ्जाल पुर्याउने, उज्यालो सिम्ता अन्तरगत विद्युत सेवा विस्तार गर्ने उदेश्य लिइएको थियो ।

यस्तै, आर्थिक, सामाजिक तथा शसक्तिकरणका क्षेत्रमा काम गर्न जनतासँग सिम्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । जनतासँग सिम्ता कार्यक्रम निकै महत्वकाक्षाका रुपमा लिइएको अध्यक्ष केसीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...