News Portal

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २५ घाइते

हिमाली संचार संवाददाता
५१४ पटक
अनिता थापा मगर

रामेछाप : रामेछापमा बस दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका १ मच्छेडाँडी स्थित ओखलढुङगाको घोराखोरीबाट काठ्माण्डौको लागी हिडेको बस बा ४ ख ४२१० नं को यात्रुबाहक बस सडकको बायाँ पट्टी कोल्टीदा गाडीमा सवार मध्य ओखलढुङगाको चम्पादेबी गाउँपालिका ६ फुलबारीका यात्रु ओम कार्र्कीको घट्ना स्थलमै ज्यान गएको छ भने गाडीमा सवार मध्य २५ जना घाइते भएका छन ।

घाइते मध्ये पद्मध्वम बस्नेत, कालिराम थारु, रामऔतार थारु, गंगा खत्री, नबराज पान्डे,निरोज भुजेललाई काड्माण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इनिस्पेक्टर रबि भुषण यादवले जानकारी दिनुभयो ।

त्यस्तै गौतम भुजेल, एलिजा भुजेल, सरस्वती तामाङ, जोन तामाङ, चिलमाया कार्की, अर्जुन तामाङ, बालदेब थारु, शिबरतन थारु, इश्वरी महत, भिमबहादुर गुरुङ, खड्कबहादुर भुजेल, नारायन कार्की, सरोज कार्की, भिमबहादुर भुजेल, एसोदा भुजेल, तुल नारायन श्रेष्ठ, शुशिल श्रेष्ठ, पलवा थाश्र, लोहीमाया श्रेष्ठ घाइते भएको इनिस्पेक्टर यादवले जानकारी दिनुभयो । पछिल्लो समय रामेछापमा दिन प्रतिदिन दुर्घटना बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...