News Portal

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २५ घाइते

हिमाली संचार संवाददाता
४६९ पटक
अनिता थापा मगर

रामेछाप : रामेछापमा बस दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका १ मच्छेडाँडी स्थित ओखलढुङगाको घोराखोरीबाट काठ्माण्डौको लागी हिडेको बस बा ४ ख ४२१० नं को यात्रुबाहक बस सडकको बायाँ पट्टी कोल्टीदा गाडीमा सवार मध्य ओखलढुङगाको चम्पादेबी गाउँपालिका ६ फुलबारीका यात्रु ओम कार्र्कीको घट्ना स्थलमै ज्यान गएको छ भने गाडीमा सवार मध्य २५ जना घाइते भएका छन ।

घाइते मध्ये पद्मध्वम बस्नेत, कालिराम थारु, रामऔतार थारु, गंगा खत्री, नबराज पान्डे,निरोज भुजेललाई काड्माण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इनिस्पेक्टर रबि भुषण यादवले जानकारी दिनुभयो ।

त्यस्तै गौतम भुजेल, एलिजा भुजेल, सरस्वती तामाङ, जोन तामाङ, चिलमाया कार्की, अर्जुन तामाङ, बालदेब थारु, शिबरतन थारु, इश्वरी महत, भिमबहादुर गुरुङ, खड्कबहादुर भुजेल, नारायन कार्की, सरोज कार्की, भिमबहादुर भुजेल, एसोदा भुजेल, तुल नारायन श्रेष्ठ, शुशिल श्रेष्ठ, पलवा थाश्र, लोहीमाया श्रेष्ठ घाइते भएको इनिस्पेक्टर यादवले जानकारी दिनुभयो । पछिल्लो समय रामेछापमा दिन प्रतिदिन दुर्घटना बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...