News Portal

वडाअध्यक्षका छोराले कुटे पत्रकार तेजनलाई, पत्रकार कुट्नेलाई कार्वाहीको लागि युनियनको माग

हिमाली संचार संवाददाता
५१४ पटक

मोरङ : सरकारी अनुदानको मकैको बीउ कृषकलाई बिक्री गर्ने मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष कुल बहादुर कार्की र वडा नम्वर ९का अध्यक्ष बम बहादुर फ्याकको कुकृत्य सार्वजनिक भएपछि पत्रकार माथि कुटपिट गरिएको छ ।

नगरपालिकाले आफ्नो वडाका कृषकलाई बिनाशर्त निशुल्क वितरण गर्न भनेर दिएको ३ लाख मुल्य बराबरको मकैको बीउ वडाध्यक्षहरु कार्की र फ्याकले वडामा लगेर बिक्री गरेका थिए ।

सोही समाचार हाम्राकुरा डटकम लगायत सञ्चार माध्यममा सम्प्रेषण गरेको भन्दै शनिवार बेलुका उर्लाबारीका पत्रकार तेजन खड्का माथी आक्रमण भएको हो । खड्कालाई वडाध्यक्ष बम बहादुर फ्याकका छोरा कमल फ्याकले हातपात गरेका हुन् ।

घरमै रहेका खड्कालाई मदिरा पियर आएका कमलले एक्कासी किन समाचार लखिस भन्दै हातपात गरेका थिए । छोरामाथि एक्कासी आक्रमण भएपछि छुट्टयाउन गएकी खड्काको आमालाई पनि कमलले लछारपछार गर्दै दुर्व्यवहार गरेका छन्।

घटनाको जानकारी स्थानियले गराएपछि इलाका प्रहरी कार्यालय उर्लावारी आक्रमण गर्ने कमललाई नियन्त्रणमा लिएको छ। कमल फ्याकले पत्रकारहरुलाई अपशब्द प्रयोग गरेर सामाजिक सञ्जालमा गाली गलौज पनि गरेका थिए।

समाचार लेखेकै आधारमा पत्रकार खड्कामाथि वडा अध्यक्षका छोराले आक्रमण गर्ने कायको नेपाल प्रेस युनियनले भत्सर्ना गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषी कमल फ्याकलाई कार्वाहीको माग गर्दै भएरहित वातावरणमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरणका लागि सरोकारवाला पक्षसँग माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...