News Portal

यसरी बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी !

हिमाली संचार संवाददाता
४४२ पटक

दाङ : बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले ती व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे ।

नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले ती व्यक्तिलाई फोन गरेर माल कहिले ल्याउँछस् भन्दै सोधेको र ल्याउँदै छु भनेर यताबाट जवाफ दिएको ती महिलाले सुनेपछि उनी भागेर घोराहीको महिला सेवा केन्द्रमा आइपुगिन् । पति र बालबच्चा छाडेर हिँडेकी उनी अहिले घर न घाटको भइन् । उनलाई बेच्न लैजाने व्यक्ति भने अझै फरार छन् ।

बुटवलकी १८ वर्षीया एक युवती पनि घोराही–१० नारायणपुरका एक व्यक्तिको मायाजालमा परेर विवाहसमेत गरिन् । घरमा श्रीमती छ भन्दै ती व्यक्तिले ती केटीलाई बेचबिखनका लागि कृष्णनगर हुँदै भारत लैजाँदै गर्दा माइती नेपालले पक्राउ गर्‍याे । पक्राउ पश्चात् दाङ प्रहरीमार्फत जिल्लास्तरीय सेवा केन्द्रमा ल्याउन लाग्दा ती व्यक्ति बेपत्ता भए भने युवती माइती नेपालको सम्पर्कमा गइन् ।

तुलसीपुर–४ का २२ र २३ वर्षका दुई युवती पनि विवाहको नाटक गरेर भारत बेचिदै गर्दा माइती नेपालको सहयोगमा दाङ फर्केको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । बङ्गलाचुली गाउँपालिकाकी २२ वर्षीया महिला र पञ्चकुलेकी १८ वर्षीया एक महिला पनि विवाह पछि भारतमा लगेर बेच्न लाग्दा भागेर सेवा केन्द्रमा आइपुगेका थिए ।

जिल्लास्तरीय सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा सिमान पारी जाने अधिकांश महिला विवाहको नाटकमा आफन्त तथा नजिकका विश्वासिलो पात्रबाटै बेचबिखनमा पर्ने गरेको उल्लेख छ तर महिला पटकपटक बेचबिखनमा पर्दा पनि पीडक भने कारवाहीबाट उम्कने गरेका छ । जिल्ला प्रहरी कार्यालयमा पनि आव २०७१÷७२मा तीन, २०७२/७३ मा एक, २०७३/७४ मा तीन र २०७४/७५ मा दुई महिलाले आफू बेचबिखनमा परेको भनी गरे पनि अभियुक्त भने अझैसम्म फरार छन् ।

जिल्ला घोराहीको महिला सेवा केन्द्रकी अध्यक्ष हुमा डिसी महिलाले तुरुन्तै अर्को व्यक्तिलाई विश्वास गर्नु, वास्तविकता नबुझेर पछि लाग्नु, आफैँ आत्मनिर्भर नहुनुजस्ता कारणले बेचबिखनमा पर्ने गरेको बताउनुहुन्छ । पछिल्लो समय भारतमा वेस्यावृत्तिका लागि मात्रै नभई राम्रो काम र आकर्षक तलबको लोभमा महिला भारतबाहेक तेस्रो मुलुकमा पनि बेचिने गरेको पाइएको उहाँ बताउनुहुन्छ ।

अहिले नेपाली महिला भारतको अवैधानिक बाटो हँुदै साउदी अरव, कुबेत, बहराइन, मलेशियाजस्ता देशमा पनि जाने अनि बेचिने गरेको तर तिनको उद्धारमा समस्या भइरहेको अध्यक्ष डिसी बताउनुहुन्छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले ललाइफकाइ प्रलोभनमा पार्ने, वा झुक्याइ, जालसाजी गरी, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गगरेर शरीर बन्धक राख्ने कार्यलाई मानव बेचबिखन हुने भनी परिभाषित गरेको छ ।

त्यसैगरी नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफैसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने गरेमा पनि बेचविखन गरेको मानिने उल्लेख गरिएको छ । यस्ता अघिकांश उजुरीमा पीडकहरू उम्किने गरेको पाइन्छ । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...