News Portal

प्राधिकरणका कर्मचारीको दोषको जिम्मा सर्वसाधरणले ज्यान दिएर गर्नुपर्ने ?

हिमाली संचार संवाददाता
५३० पटक
निरंजन साह

जनकपुरधाम : प्रदेश नम्बर २ को धनुषामा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण अनाहकमा दुई यूवाको ज्यान गएको छ । धनुषा  जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  १२ मा ११ हजार भोल्टको नाङ्गो तारमा छोइदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिरहा घर भई हाल जनकपुरधाममा बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मवाहीका परमेश्वर मण्डल रहेका हुन् । ज ८ प ७७०९ नम्बरको बुलेट मोटरसाईकलमा सवार दुवै जनाको करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको हो।

११ हजार भोल्टको नाङ्गो तार बाटोमा भएको बेला मोटरसाईकलको लेगार्ड त्यसमा छोइदा शुरुमा अघिल्लो व्यक्तिलाई करेन्ट लागेको थियो। दोस्रोको भने पहिलोलाई बचाउँन जाँदा मृत्यु भएको स्थानियले जनाएका छन्।

नेपाल विधुत प्राधिकरणको लापरवाहिका कारण यस भन्दा पहिला पनि यस्तो घटना भई सकेका हुन् ।जमिनमा नाङ्गो तार खसेको गुनासो गर्दा पनि नेपाल विधुत प्राधिकरणले बनाउन ढीलाई गर्दा दुखद घटना भएको छ। मृतकहरुलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमा्टमका लागि लगिएको छ।

अनाहकमा ज्यान गुमाएका आफन्तले भने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रश्न गर्दै भनेका छन मोटरसाइकलमा सवार व्यक्तिको के दोष थियो र ज्यान गुमाउनु पर्ने? प्राधिकरणका कर्मचारीको दोषको जिम्मा सर्वसाधारणले ज्यान गुमाएर तिर्नु पर्ने कस्तो दिन आयो सर्वसाधारणले आक्रोश पोखेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...