News Portal

प्राधिकरणका कर्मचारीको दोषको जिम्मा सर्वसाधरणले ज्यान दिएर गर्नुपर्ने ?

हिमाली संचार संवाददाता
४९१ पटक
निरंजन साह

जनकपुरधाम : प्रदेश नम्बर २ को धनुषामा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण अनाहकमा दुई यूवाको ज्यान गएको छ । धनुषा  जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  १२ मा ११ हजार भोल्टको नाङ्गो तारमा छोइदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिरहा घर भई हाल जनकपुरधाममा बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मवाहीका परमेश्वर मण्डल रहेका हुन् । ज ८ प ७७०९ नम्बरको बुलेट मोटरसाईकलमा सवार दुवै जनाको करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको हो।

११ हजार भोल्टको नाङ्गो तार बाटोमा भएको बेला मोटरसाईकलको लेगार्ड त्यसमा छोइदा शुरुमा अघिल्लो व्यक्तिलाई करेन्ट लागेको थियो। दोस्रोको भने पहिलोलाई बचाउँन जाँदा मृत्यु भएको स्थानियले जनाएका छन्।

नेपाल विधुत प्राधिकरणको लापरवाहिका कारण यस भन्दा पहिला पनि यस्तो घटना भई सकेका हुन् ।जमिनमा नाङ्गो तार खसेको गुनासो गर्दा पनि नेपाल विधुत प्राधिकरणले बनाउन ढीलाई गर्दा दुखद घटना भएको छ। मृतकहरुलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमा्टमका लागि लगिएको छ।

अनाहकमा ज्यान गुमाएका आफन्तले भने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रश्न गर्दै भनेका छन मोटरसाइकलमा सवार व्यक्तिको के दोष थियो र ज्यान गुमाउनु पर्ने? प्राधिकरणका कर्मचारीको दोषको जिम्मा सर्वसाधारणले ज्यान गुमाएर तिर्नु पर्ने कस्तो दिन आयो सर्वसाधारणले आक्रोश पोखेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...