News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रवक्ता प्रकाण्डको डरलाग्दो त्यो ‘डायरी’ को कथा !

    हिमाली संचार संवाददाता
    ४३४ पटक

    काठमाडौं : सुन्दा पनि आङ जिरिङ्ग हुन्छ विप्लव समूहले मच्चाउन खोजेको उधुम सुन्दा । सरकारी टोलीले ऊसँग गरेको वार्ताको उपलब्धि के भयो ? विप्लवको लाइन र सरकारको गतिविधिबारे प्रश्न उठ्न थालेको छ ।

    प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित हिरासतमा रहेका सबैजसो नेता–कार्यकर्ता वार्तामा सहज हुने भन्दै छुटे तर प्रकाण्डको डरलाग्दो डायरी अहिले पनि काठमाडौं प्रहरी परिसरमा छ । पार्टी लाइन हो या मनका कुरा कागजमा टिपिएको हो ? उनैले जानुन्, तर लेख्न चाहिँ ठूलै कुरा लेखिएको छ । ‘सफाया गर्ने’ को सूचीमा ‘केपी– असल, प्रचण्ड– योद्धा, देउवा– प्रज्वल’ भनिएको छ । अर्थात्, देशका बहालवालादेखि दुई शक्तिशाली पूर्वप्रधानमन्त्रीको नामसँगै सफायामा खटिनेको जिम्मेवारी त्यसमा छ ।

    यस्तो भएपछि सरकारद्वारा गठित वार्ता समितिका संयोजक सांसद सोमप्रसाद पाण्डे आजित छन् । ‘हामीले गर्दा विप्लवले मान्छे छुटाएर लगे, तर अन्तिममा धोका दिए । अब मबाट यो काम हुँदैन’ भन्दै असन्तुष्टि पोख्न थालेका छन् । अर्थात्, रणनीतिक हिसाबले विप्लव माथि भयो, सरकार तल । वार्ता भन्ने विषय हाउगुजी मात्र । प्रधानमन्त्रीदेखि अनेकन भिभिआइपीको सफायाका लागि जिम्मेवारी तोकिएकामध्ये केही मान्छेलाई प्रहरीले नियन्त्रणमा लियो । ती छुटेर गइसके ।

    न वार्ताको सकारात्मक निश्कर्ष छ, न थ्रेट भएका उच्चपदस्थको सुरक्षाबारे कुनै एनालाइसिस छ । भैरहवाको भारतीय वेलफेयर क्याम्पमा एउटा विष्फोटनको घटनामा फोटो अपलोड गर्दागर्दैका मान्छे पक्राउ परे । त्यहाँ घटना गराएर फेसबुकमा राखिएको फोटोका आधारमा अनुसन्धान गर्दा प्रकाण्डले डायरीमा लेखेका नाम असल अर्थात् चन्द्रबहादुर खड्का विप्लवका अंगरक्षक हुन ।

    सरकारी वकिलको समस्या, त्यत्ति कुराको भरमा मुद्दा चलाउन पनि भएन तर, छोड्दा पनि प्रधानमन्त्रीहरुलाई नै सिध्याउने भनेका छन् । बरु, वार्ताका नाममा यस्ता गम्भीर योजनामा संलग्न व्यक्तिहरु सजिलै छुटेका हुन् । यसबाट सरकारलाई फाइदा के भयो ? वार्ताकै नाममा उनीहरुलाई प्रहरीले निहुँ खोज्दै थप जिल्ला पनि घुमाएन । प्रहरीले चाहेको भए ७७ जिल्लै घुमाउन सक्थ्यो भनिन्छ ।

    प्रकाण्डकै डायरीमा ‘पुलिस अफिसरलाई टार्गेट’ भनेर ‘सफल’ को नाम उल्लेख छ । भौतिक कारबाही भनेर प्रत्येक जिल्लामा एक एकवटा एनजिओलाई सेबोटेज गर्ने, एक एक व्युरोले एक एक म्यानपावरलाई हमला गर्ने कुरा पनि छ । अपर कर्णाली र अरुण तेस्रोमा पुस २५ मा सेबोटेज गर्नेगरी तोकिएको छ । लिपुलेकको अध्ययन गर्ने भनिएको छ । दलहरुले बिर्सिएको, तर, नेपालका लागि एकदमै महत्वपूर्ण विषय हो यो । त्यहाँ अर्थात् कालापानीमा नेपाल, भारत अर्थात् कालापानी र चीनको त्रिदेशीय सीमा छ र भारतले सैनिक क्याम्प खडा गरेको छ ।

    त्यस्तै, पाँच करोडभन्दा माथिको भारतीय लगानीका परियोजनामा सेबोटेज गर्ने प्रकाण्डको डायरीका पानाहरु सुरक्षित छन् । जितगढीमा बनाउन खोजिएको भारतीय पेन्सन क्याम्पलाई पनि सेबोटेज गर्ने भनिएको छ । मिटर व्याज असुल गर्नेहरुसहित ठेक्कापट्टामा अनियमितताको आरोप लागेको पप्पु कन्स्ट्रक्सनहरुमाथि हमला गर्ने, मंसिर–पुसपछि कारवाही तीव्र पार्नेजस्ता कुरा लेखिएका छन् ।

    भ्रष्ट कर्मचारीलाई पुस १५ का दिन सेबोटेज गर्ने भनेर लेखिएकोमा यो घटना चाहिँ पाँच दिनपछि, २० गते भयो वैद्य समूहका नाममा । त्यसदिन वाइडबडी खरिद प्रकरणमा मुख्य योजनाकारको रूपमा संसदीय उपसमितिद्वारा ठहर गरिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमै कालोमोसो दलिएको थियो । डायरी सुरक्षा निकायले जफत गरेको नाममा नीति फेरिएको हो भने बेग्लै कुरा, तर योजना चाहिँ डरलाग्दा छन् ।

    सैन्य प्रविधितर्फ प्रत्येक कमाण्डले पाँच क्विन्टल, व्युरोले दुई क्विन्टल, जिल्लाले ५० केजी, ग्रिनेडतर्फ कमाण्डले एक हजार, ब्युरोले ५ सय, जिल्लाले एक सय, रिमोटतर्फ क्रमशः व्युरोले ५०, जिल्लाले १० सहित फ्ल्यासवायर जम्मा गर्ने भनेर लेखिएको छ । यो भनेको के हो ? कतै कुनै चौकीमा ठूलै आक्रमणको तयारी त होइन ? डायरीको कतै–कतै भनिएको छ, गाउँमा न्यायसेवा सञ्चालन गर्ने, न्यायिक कार्यविधि बनाउने र विकास निर्माणको काम जनसत्तामार्फत गर्ने ।

    कालिकोटको बाटोको प्रचार गर्ने र अछाममा बाटो बनाउनेबारे पनि डायरीमा उल्लेख छ । ०७५ साउन १८, जतिबेला कपिलवस्तु र दाङको सीमामा केन्द्रीय कमिटी बैठक बस्यो, उक्त बैठकसम्बन्धी प्रकाण्डको डायरीको टिपोट पनि छ ।

    त्यसमा १ नं. मा श्रद्धाञ्जली, २ नं.मा परिपत्र, ३ नं.मा संगठन, ४. नं.मा स्कुलिङ, संघर्ष, प्रविधि, लजिस्टिक र विविधलगायतका एजेण्डा थिए । ‘क.आजाद केसी, असिम, उत्तम, शीतल, राप्ती, ध्रुव, असल, शिलु (उमा भुजेल), गोकुल, विषमहरुले बोलिसकेपछि ५१ औँ नम्बरमा बोलेका विप्लवको भनाइ’ भन्दै यसरी टिपिएको छ, ‘संगठनको आकारअनुसार क्रियाशील पार्टी हाम्रो मात्र हो ।

    त्यसमा विप्लवले अमेरिकाको पनि प्रसङ्ग जोड्न भ्याएका छन् । उनले भनेका रहेछन्, ‘ट्रम्पले स्पेश आर्मीको घोषणा गरेका छन् । प्रचण्डको स्कुलिङ अन्त्य भएको छैन ।’ बैठकले अन्नपूर्णको केस प्रकाण्ड र न्याय विभागबाट आदर्शले हेर्ने, अरुले नहेर्ने भनी निर्णय गरेको कुरा पनि सोही डायरीमा छ । तर, यो अन्नपूर्ण भनेको होटल, पत्रिका वा कुनै अरु विषय हो, त्यो भने खुल्न सकेको छैन ।

    ‘कब्जामा रहेको सम्पत्ति बेची खाने हैन’ भन्दै बाँके (कोहलपुर), दाङ र कैलालीमा त्यस्ता जग्गा रहेको उल्लेख छ । ‘त्यो बेचेर खाने प्रबृत्ति विकास भएको छ’, डायरीमा टिपोट छ । कोहलपुरको स्कुलको केस न्याय विभागले हल गर्ने भनिएको छ । तर, केसबारे विस्तृतमा केही छैन । सेनामा रोटेशनमा जान व्यवस्था मिलाउने भनिएको छ ।

    यसबाट बुझिन्छ कि, विप्लवको पार्टीमा सेनामा स्थायी रुपमा बस्न नचाहेको जमात ठूलो रहेछ । त्यस्तै, ‘सिसिएम क.अटलको घर बनाउन एक लाख ५० हजार दिने’ लेखिएको छ । ‘४५ जनाको दरले चार प्लाटुन बनाउने, हेडक्वार्टरको सुरक्षामा विशेष दस्ता राख्ने, पूर्वको जिम्मा निर्मल, मध्य ज्वाला, पश्चिम योद्धा..’ यसरी सैन्य जिम्मेवारी तोकिएको छ । ती फौजको पोलिटिकल कमिशार हिमाल हुने भनिएको छ ।

    व्युरोमा ९–११ र जिल्लामा पाँचदेखि नौ जनाको सेक्सन बनाउने उल्लेख छ । र, अचम्म, श्रीलंकाको तमिल टाइगर जस्तो जल, थल, हवाई सेना बनाउने योजना समेत रहेको छ । विप्लवले चाहिँ साइबर थपेर चारथरी सेना बनाउने भनेका छन् । सेनातर्फका राकेशलाई पारिवारिक समस्या हल गर्न ५० हजार दिने डायरीमा टिपोट छ ।

    सेनाका लागि टिशर्ट, हाफपाइन्ट, झोला, जुत्ता व्यवस्था गर्ने कुरा पनि छ । कर्मचारीको राष्ट्रिय भेला पुस ७ गर्ते भनिएको थियो । निर्माण व्यवसायीको फागुन १ गते काठमाडौंमा गर्ने उल्लेख छ । स्वास्थ्य भेला मंसिर १० गते, प्राध्यापकतर्फ माघ २५ गते, किसानको मंसिर २५ गते, युवाको कात्तिक १२ गते, सबै सकेर राष्ट्रिय मुक्ति महासंघ बनाउने उल्लेख छ । यस्ता योजना बाहिर गएको नाममा रणनीति बद्लिएको पनि हुनसक्ने अनुमान गरिएको छ ।

    कमरेड युगान्तलाई जिम्मा दिएर पूर्वलडाकुलाई संगठित गर्ने प्रकाण्डको डायरीमा उल्लेख छ । त्यसमा संघर्ष र प्रेमले प्रविधितर्फ संयोजन गर्ने कुरा लेखिएको छ । अर्को रमाइलो योजना छ, बैंक सञ्चालनको । प्रकाशन विभागमा गोपाल गिरीलाई राख्ने, अन्तर्राष्ट्रियतर्फ आजादलाई झिकेर मध्यपूर्व र एशियाको इञ्चार्जमा खगेश्वरलाई जिम्मा दिने भनिएको जनआस्था साप्ताहिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...

    भन्सार प्रणालीमाथि प्रश्न: बारम्बार राजस्व छली, प्रहरी सतर्क–प्रशासन लापरवाह

    रूपन्देही, वैशाख ८ – कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने ट्रकहरूबाट पटक–पटक राजस्व छली भइरहँदा पनि...