News Portal

विश्व बैंकको नेपाललाई सुझाव : शैक्षिक गुणस्तर वृद्धि गर

हिमाली संचार संवाददाता
५०४ पटक

काठमाडौं– विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ । शैक्षिक क्षेत्रको सुधारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको हो ।

शिक्षाको पहुँच विस्तारमा भने नेपालको अवस्थामा उल्लेख्य सुधार आएको विश्व बैंकको निष्कर्ष छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्व बैंकका प्राक्टिस म्यानेजर क्रिष्टियन एईडोले लैंगिक दृष्टिकोणले हेर्ने हो भने पनि नेपालको शैक्षिक अवस्था समदुरीमा रहेको उल्लेख गरे ।

उनले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्न दूर्गम भेगका विद्यालय तहको शिक्षालाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले मुलुकको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षण सिकाई क्रियाकलापमै परिवर्तन गर्नुपर्नेमा जोड दिए । संविधान र कानुनले गुणस्तरीय शिक्षामा जोड दिएपनि त्यसलाई अघि बढाउन शिक्षण सिकाई क्रियाकलाप सोही अनुसार हुनुपर्ने उनको भनाई छ ।

विश्व बैंकले नेपालको विद्यालय तह र उच्च शिक्षाको गुणस्तर सुधारमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...