News Portal

सल्यानमा हतौडा प्रहार गरी एक ब्यक्तिको हत्या

हिमाली संचार संवाददाता
५४६ पटक
दुर्गा वि.सी. सल्लिबजार

माघ ४, सल्यान
सल्यानमा बिहेको निम्ता दिन गएका एक ब्यक्तिको हतौडा प्रहार गरी हत्या भएको छ । जिल्लाको शिद्धकुमाख गाउँपालीका वडा नम्बर २ को फुलगाउँमा एक ब्यक्तिले आफनै छिमेकीलाई हतौडा प्रहार गरी हत्या गरेका छन ।

छोराको बिहेको लागी निम्ता दिन गएका शिद्धकुमाख गाउँपालीका २ साल्घारीका ४२ बर्षिय यमन बोहरा लाई सोही ठाउँका ४७ बर्षिय शालीकराम चलाउनेले हतौडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छोराको बिहेको लागी शुक्रबार बिहान चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा हतौडा प्रहार गरी हत्या गरिएको प्रहरी नायब उपरिक्षक प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ ।

मृतक बोहरा चलाउनेको घरमा निम्ता दिन पुगी रोटी खादै गर्दा एकासी हतौडा टाउमा प्रहार गरी हत्या गरिएको उहाँले बताउनु भयो । घटना बिहान ८ बजेको भए पनि ९ बजे मात्रै स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो । उनिको मानसीक अबस्था ठिक नभएको समेत स्थानीयले बताएका छन ।

घटना लगतै चलाउने फरार रहेका थिए । उनि घर नजिकैको जगंलमा गएर लुकीरहेको अवस्थामा प्रहरीको खोजिकार्य पछि प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी गीरीराज भण्डारीले जानकारी दिनुभएको छ ।

मृतकको लास पोष्टमार्टमका लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको उहाँले बताउनु भयो । मृतक बोहराका १ छोरा र १ छोरी रहेका छन ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...