News Portal

कक्षा १२ को परीक्षाफल सार्वजनिक

हिमाली संचार संवाददाता
५६६ पटक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा बोर्डले गत वैशाखमा पहिलोपटक ग्रेडिङ प्रणालीअन्तर्गत सञ्चालन गरेको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरेको हो ।

परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा एक हजार १६९ ले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । परीक्षा बोर्डका अनुसार, ११ हजार २२१ ले ३.२१ देखि ३.६०, २७ हजार ६४३ ले २.८१ देखि ३.२० ल्याएका छन् । त्यसैगरी, २.४१ देखि २.८० ल्याउनेकाे संख्या ५८ हजार ३४५ छ ।

बाेर्डका अनुसार, ९० हजार २९९ ले २.१ देखि २.४०, ६६ हजार ४३८ ले १.६१ देखि २ अंक हासिल गरेका छन् । २२ हजार ७३४ ले १.२१ देखि १.६० ल्याएका छन् भने ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७ छन् । ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।

त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...