News Portal

  • अंग्रेजी बोल्दा २ प्रहरी जवानले कुटे सोमबहादुरलाई, पेटमा ५२ वटा टाँका !

    हिमाली संचार संवाददाता
    ४६३ पटक

    कास्की : सामान्य भनाभन मै प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका गलकोट नगरपालिका–६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन) भएको छ ।

    प्रहरीको कुटाईबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको हो । पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएर रगत बगिरहेको उपचारमा संलग्न सर्जन डा. सुरेशराज पौडलले जानकारी दिए ।

    ‘उहाँको पेटमा दुई लिटर जति रगत फैलिएको थियो,’ उनले भने, ‘लाइफ सेभिङ अप्रेसन गरिएको हो । पेटको रगत सफा भएको छ । बिरामीको अवस्था सुधारोन्मुख हुँदै गएको छ ।’ अप्रेसनपछि बिरामीले पानी, झोल पदार्थ खाइरहेको डाक्टर पौडेलले बताए।

    घाइतको उपचारका लागि बस्नेतकी श्रीमती कृष्णकुमारी सहित उनका आफन्त पोखरामा छन् । बस्नेतको मेजर अप्रेसन भएकाले पेटभरीमा झण्डै ५२ बढी टाँका लगाइएको परिवार स्रोतले जानकारी दियो । प्रहरीको प्रत्यक्ष निगरानीमा बस्नेतको उपचार भइरहेको छ ।

    कसरी भयो यस्तो अप्रिय घटना !

    सोमबहादुर बस्नेत, कृष्णबहादुर खत्री र बिक्की गैरे गएको पुस २९ गते गलकोट नगरपालिकाको वडा ६ बाट ३ तर्फ झोलुङे पुल हुँदै जाँदै थिए । हरिचौर प्रहरी बिटमा कार्यरत प्रहरी जवानद्वय प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापासँग उनीहरुको बाटोमै जम्काभेट भयो । बिक्कीलाई प्रहरीले अपशब्द प्रयोग गरेर बोलाए ।

    कृष्णबहादुर खत्रीका अनुसार आफूहरु तीनजनाले मदिरा सेवन गरेको भए पनि प्रहरीलाई नराम्रो नबोलेको बताउँछन् । ‘हाम्रो साथी बिक्कीसँग प्रहरीको चिनचान रहेछ’, उनले भने, ‘प्रहरीले अपशब्द प्रयोग गरेर बोलायो, सोमले “ह्वाट् डु यु मिन” भनेर त्यहि शब्द दोहोर्‍याउँदा अंग्रेजीमा कुरा गर्छस्, ठूलो बन्छस् । यो अमेरिका हो भन्दै कुटे ।’ बिक्कीको प्रहरीसँग चिनेजानेको भएकाले उसलाई केही नगरेको खत्रीले बताए ।

    आफूलाई र सोमलाई बुट र लाठी बजारेको उनको भनाई छ । ‘मैले अलिअलि पन्च ब्लक गरे, सोमको पहिले पनि हात अप्रेसन गरेको थियो, उ अलि कमजोर नै हो । उसले छेक्न सकेन । सोममाथि प्रहरी जाइलागे’, उनले थपे । युनिफर्म सहित ड्युटीमा खटिएका प्रहरीले बिना कारण रिस पोखेको उनले सुनाए । प्रहरी एकाएक आवेशमा आएर कुटपिट गर्यो । ‘हाम्रो गल्ती भए चौकीमा लैजानुस भन्दाभन्दै सोमलाई घाइते हुनेगरी कुटे दुःख लागेको छ ।

    राष्ट्रसेवक प्रहरी आफ्नो दायित्व बिर्सेर जनतामाथि अन्याय गरेको गलकोट नगरपालिका वडा नम्बर ६ की सदस्य मनकुमारी पाण्डेले आरोप लगाइन् । वडाले घटनामा संलग्न प्रहरी माथि कारवाहीको माग गरेको उनले जानकारी दिइन ।

    कुटपिटमा संलग्न भएको आरोप लागेका प्रहरी जवानद्वय विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा थप अनुसन्धानका लागि तानिसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी बिनोद रेग्मीले जानकारी दिए ।

    ‘ड्युटीमा खटिएको प्रहरीले उनीहरुलाई कुटेको भन्ने जानकारीमा आएको छ’, एसपी रेग्मीले भने, ‘पुरानै रिसिइबी हो कि आवेशमा आएर तत्कालै प्रतिक्रिया जनाउँदा त्यस्तो घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।

    मदिरा सेवन गरेर आएका व्यक्तिसँग सामान्य भनाभनमै प्रहरीले अनुचित बल प्रयोग गरेको भन्ने पुष्टि भएमा विभागिय कारवाहीका लागि प्रहरी जवानद्वयलाई जिल्ला तानिने एसपी रेग्मीले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...