News Portal

मोडल कान्छीमाया घलेको चरेश धन्दा !

हिमाली संचार संवाददाता
४४४ पटक

काठमाडौं : मोडल कान्छीमाया घले १४ किलोग्राम चरेशसहित पक्राउ परेकी छिन् । नुवाकोट चिसाङ–८ घर भएकी २९ वर्षीया घले काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट पक्राउ परेकी हुन् ।

लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कान्छीमायालाई बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने अगरबत्तीमा बेरेर हुलाकबाट पार्सल गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । कान्छीमायाले केही म्युजिक भिडियोमा अभिनय गरेको र व्यावसायिक रुपमा डान्स गर्दै आएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका डीआईजी दिनेश अमात्यले भने,‘‘अगरबत्तीमा चरेश र्‍यापिङ गरेर पठाएको यो तस्करीको नयाँ शैली हो । हामीलाई शंका लागेपछि चेकजाँच गर्दा पार्सल गरिरहेको अवस्थामा फेला पारेका हौं ।’’ बरामद भएको चरेश हङकङ पठाउन लागिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

‘‘कान्छीमायाले आफैँले चरेशको अवैध धन्दा गर्न लागेको साबिती बयान दिएकी छिन् । तर यसबारे अनुसन्धान जारी छ । चरेश कसले मगाएको थियो ? अनुसन्धानकै क्रममा छौं,’’ उनले भने । नेपालको विमानस्थल प्रयोग गरेर चरेश तेस्रो मूलुक पठाउन लागेको यो नयाँ शैलीको तस्करी भएको ब्यूरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...