News Portal

बीएण्डसीका संचालक प्रसाईंले प्रेसमाथि धावा बोले : युनियन

हिमाली संचार संवाददाता
४०२ पटक

काठमाडौं : बीएण्डसीका संचालक दुर्गा प्रसाईंले प्रेसमाथि धावा बोलेको युनियनले ठहर गरेको छ । बुधबार प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै इलाममा अनशनरत डा.गोविन्द केसीको विषयमा समाचार लेखेकोप्रति वी एण्ड सी अस्पताल विर्तामोड, झापाका संचालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लब भट्टराई (युवराज) लगायत जिल्लामा कार्यरत अन्य संचारकर्मीहरुलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

वी एण्ड सी अस्पतालका तर्फबाट अनशनकारीलाई भेट्न चैतन्य मैनाली नाम गरेका व्यक्ति इलाम आएको बारेमा संचारकर्मीहरुले टेलिफोनमार्फत संचालक प्रसाईंसँग बुझ्न खोज्दा ‘जे गर्छौ गर, तिमीहरुले गर्दा केही विग्रिदैन’ भन्दै अपशब्द बोल्दै अपमान गर्नु प्रेस जगतमाथिकै अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समाचारप्रति असन्तुष्टी रहे कानुनी उपचारको बाटो हुँदाहुँदै सत्तारुढ दल निकट रहेका प्रसाईंको अभिब्यक्ति सिङ्गो प्रेसमाथिको धावा मात्र नभइ सत्ताको दम्भ र उन्माद प्रष्ट झल्किन्छ । यस्तो किसिमको गैरजिम्मेवारीपूर्ण व्यवहार र हर्कत प्रदर्शन गर्ने संचालक प्रसाईंमाथि आवश्यक कारवाहीका लागि युनियन सरकारसमक्ष जोडदार माग गर्दछ ।

साथै संचारकर्मीहरुलाई निर्वाध र भयरहित रुपमा समाचार संकलन र संप्रेक्षण गर्ने वातावरण मिलाउन र संचारकर्मीहरुको भौतिक सुरक्षा गर्नसमेत हामी जोडदार माग गर्दछौं ।’

मितिः २०७५ माघ २ गते

प्रेस विज्ञप्ति

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै इलाममा अनशनरत डा.गोविन्द केसीको विषयमा समाचार लेखेकोप्रति वी एण्ड सी अस्पताल विर्तामोड, झापाका संचालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लब भट्टराई(युवराज)लगायत जिल्लामा कार्यरत अन्य संचारकर्मीहरुलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति नेपाल प्रेस युनियन केन्द्रिय समितको गम्भीर ध्यानाकर्षण भएको छ ।

वी एण्ड सी अस्पतालका तर्फबाट अनशनकारीलाई भेट्न चैतन्य मैनाली नाम गरेका व्यक्ति इलाम आएको बारेमा संचारकर्मीहरुले टेलिफोनमार्फत संचालक प्रसाईंसँग बुझ्न खोज्दा ‘जे गर्छौ गर, तिमीहरुले गर्दा केही विग्रिदैन’ भन्दै अपशब्द बोल्दै अपमान गर्नु प्रेस जगतमाथिकै अपमान भएको युनियनको ठहर छ ।

समाचारप्रति असन्तुष्टी रहे कानुनी उपचारको बाटो हुँदाहुँदै सत्तारुढ दल निकट रहेका प्रसाईंको अभिब्यक्ति सिङ्गो प्रेसमाथिको धावा मात्र नभइ सत्ताको दम्भ र उन्माद प्रष्ट झल्किन्छ । यस्तो किसिमको गैरजिम्मेवारीपूर्ण व्यवहार र हर्कत प्रदर्शन गर्ने संचालक प्रसाईंमाथि आवश्यक कारवाहीका लागि युनियन सरकारसमक्ष जोडदार माग गर्दछ । साथै संचारकर्मीहरुलाई निर्वाध र भयरहित रुपमा समाचार संकलन र संप्रेक्षण गर्ने वातावरण मिलाउन र संचारकर्मीहरुको भौतिक सुरक्षा गर्नसमेत हामी जोडदार माग गर्दछौं । धन्यवाद । जय नेपाल ।

अजयबाबु शिवाकोटी
महासचिब

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...