News Portal

बीएण्डसीका संचालक प्रसाईंले प्रेसमाथि धावा बोले : युनियन

हिमाली संचार संवाददाता
३४७ पटक

काठमाडौं : बीएण्डसीका संचालक दुर्गा प्रसाईंले प्रेसमाथि धावा बोलेको युनियनले ठहर गरेको छ । बुधबार प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै इलाममा अनशनरत डा.गोविन्द केसीको विषयमा समाचार लेखेकोप्रति वी एण्ड सी अस्पताल विर्तामोड, झापाका संचालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लब भट्टराई (युवराज) लगायत जिल्लामा कार्यरत अन्य संचारकर्मीहरुलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

वी एण्ड सी अस्पतालका तर्फबाट अनशनकारीलाई भेट्न चैतन्य मैनाली नाम गरेका व्यक्ति इलाम आएको बारेमा संचारकर्मीहरुले टेलिफोनमार्फत संचालक प्रसाईंसँग बुझ्न खोज्दा ‘जे गर्छौ गर, तिमीहरुले गर्दा केही विग्रिदैन’ भन्दै अपशब्द बोल्दै अपमान गर्नु प्रेस जगतमाथिकै अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समाचारप्रति असन्तुष्टी रहे कानुनी उपचारको बाटो हुँदाहुँदै सत्तारुढ दल निकट रहेका प्रसाईंको अभिब्यक्ति सिङ्गो प्रेसमाथिको धावा मात्र नभइ सत्ताको दम्भ र उन्माद प्रष्ट झल्किन्छ । यस्तो किसिमको गैरजिम्मेवारीपूर्ण व्यवहार र हर्कत प्रदर्शन गर्ने संचालक प्रसाईंमाथि आवश्यक कारवाहीका लागि युनियन सरकारसमक्ष जोडदार माग गर्दछ ।

साथै संचारकर्मीहरुलाई निर्वाध र भयरहित रुपमा समाचार संकलन र संप्रेक्षण गर्ने वातावरण मिलाउन र संचारकर्मीहरुको भौतिक सुरक्षा गर्नसमेत हामी जोडदार माग गर्दछौं ।’

मितिः २०७५ माघ २ गते

प्रेस विज्ञप्ति

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै इलाममा अनशनरत डा.गोविन्द केसीको विषयमा समाचार लेखेकोप्रति वी एण्ड सी अस्पताल विर्तामोड, झापाका संचालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लब भट्टराई(युवराज)लगायत जिल्लामा कार्यरत अन्य संचारकर्मीहरुलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति नेपाल प्रेस युनियन केन्द्रिय समितको गम्भीर ध्यानाकर्षण भएको छ ।

वी एण्ड सी अस्पतालका तर्फबाट अनशनकारीलाई भेट्न चैतन्य मैनाली नाम गरेका व्यक्ति इलाम आएको बारेमा संचारकर्मीहरुले टेलिफोनमार्फत संचालक प्रसाईंसँग बुझ्न खोज्दा ‘जे गर्छौ गर, तिमीहरुले गर्दा केही विग्रिदैन’ भन्दै अपशब्द बोल्दै अपमान गर्नु प्रेस जगतमाथिकै अपमान भएको युनियनको ठहर छ ।

समाचारप्रति असन्तुष्टी रहे कानुनी उपचारको बाटो हुँदाहुँदै सत्तारुढ दल निकट रहेका प्रसाईंको अभिब्यक्ति सिङ्गो प्रेसमाथिको धावा मात्र नभइ सत्ताको दम्भ र उन्माद प्रष्ट झल्किन्छ । यस्तो किसिमको गैरजिम्मेवारीपूर्ण व्यवहार र हर्कत प्रदर्शन गर्ने संचालक प्रसाईंमाथि आवश्यक कारवाहीका लागि युनियन सरकारसमक्ष जोडदार माग गर्दछ । साथै संचारकर्मीहरुलाई निर्वाध र भयरहित रुपमा समाचार संकलन र संप्रेक्षण गर्ने वातावरण मिलाउन र संचारकर्मीहरुको भौतिक सुरक्षा गर्नसमेत हामी जोडदार माग गर्दछौं । धन्यवाद । जय नेपाल ।

अजयबाबु शिवाकोटी
महासचिब

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...