News Portal

दिपक सिंह ठकुरीका हत्यारा पक्राउ परे सगै ठकुरी सहयोग संजालद्वारा प्रहरीको प्रसंशा

हिमाली संचार संवाददाता
७९६ पटक

बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा घाँटी रेटेर हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । गत पौष २८ गते शनिवार बिहान कोहलपुरको नयाँ बसपार्क नजिक घाटी रेटेर हत्या गरिएको अबस्थामा फेला परेका सुर्खेत सिम्ता गाउँपालिका २ काफलकोटका २२ बर्षिय दिपक सिंह ठकुरीको हत्यामा संलग्न २ जनालाई बर्दिया र सुर्खेतबाट फक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अछाम हिज्मा गाउँपालीका वार्ड नं. ६ का भरत बहादुर शाही र बाँकेको राप्ती सोनारी २ का जिरे भनिने युवराज गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उता प्रहरीले हत्यारालाई पक्राउ गरे संगै ठकुरी सहयोग संजाल प्रदेश ५ र कर्णाली प्रदेशले प्रहरी प्रशासन तथा कोहलपुरका डिएसपी रमेश बहादुर सिंहको प्रसंशा गरेको छ ।

संजालका कर्णाली प्रदेश प्रमुख देब बहादुर शाहीले उक्त कुरा बताउनुभयो । घटना प्रती हाम्रो चासो थियो। संजालले हत्यारालाई पक्रन र कडा भन्दा कडा कार्वाहीको माग गर्दै घटनालाई हामीले नजिकबाट नियालेका थियौं र प्रहरीले उच्च प्रसंशाको काम गरेको छ ‘- ठकुरी सहयोग संजाल प्रदेश ५ का प्रमुख संयोग जंग शाहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...