News Portal

दिपक सिंह ठकुरीका हत्यारा पक्राउ परे सगै ठकुरी सहयोग संजालद्वारा प्रहरीको प्रसंशा

हिमाली संचार संवाददाता
७५४ पटक

बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा घाँटी रेटेर हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । गत पौष २८ गते शनिवार बिहान कोहलपुरको नयाँ बसपार्क नजिक घाटी रेटेर हत्या गरिएको अबस्थामा फेला परेका सुर्खेत सिम्ता गाउँपालिका २ काफलकोटका २२ बर्षिय दिपक सिंह ठकुरीको हत्यामा संलग्न २ जनालाई बर्दिया र सुर्खेतबाट फक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अछाम हिज्मा गाउँपालीका वार्ड नं. ६ का भरत बहादुर शाही र बाँकेको राप्ती सोनारी २ का जिरे भनिने युवराज गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उता प्रहरीले हत्यारालाई पक्राउ गरे संगै ठकुरी सहयोग संजाल प्रदेश ५ र कर्णाली प्रदेशले प्रहरी प्रशासन तथा कोहलपुरका डिएसपी रमेश बहादुर सिंहको प्रसंशा गरेको छ ।

संजालका कर्णाली प्रदेश प्रमुख देब बहादुर शाहीले उक्त कुरा बताउनुभयो । घटना प्रती हाम्रो चासो थियो। संजालले हत्यारालाई पक्रन र कडा भन्दा कडा कार्वाहीको माग गर्दै घटनालाई हामीले नजिकबाट नियालेका थियौं र प्रहरीले उच्च प्रसंशाको काम गरेको छ ‘- ठकुरी सहयोग संजाल प्रदेश ५ का प्रमुख संयोग जंग शाहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...