News Portal

सुर्खेत सिम्ताका दिपक सिंह ठकुरीको हत्याका मुख्य योजनाकार पक्राउ

हिमाली संचार संवाददाता
६९९ पटक

बाँके : कोहलपुरमा गत शनिबार भएको युवक हत्याका मुख्य योजनाकार भनिएका युवराज गिरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको बिशेष प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो ।

हत्याका मुख्य योजनाकार अछामका भरत शाही र बाँकेको राप्तीसोनारी गाँउपालिका राजापुरका युवराज गिरीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेले आज सार्वजनिक गरेको हो ।

हत्या आरोपी गिरीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गोली हानहानसमेत भएको थियो । ‘प्रहरीलाई देखेपछि उ भाग्न खोज्यो’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहले भने, ‘हाम्रो टोलीले घुँडामुनी फायरिङ्ग गरेर अभियुक्तलाई नियन्त्रणमा लिएका हौं ।

खुट्टामा गोली लागेका गिरीको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । गत शनिबार कोहलपुर नयाँ बसपार्क नजिकै सुर्खेतका दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि भरत शाहीलाई पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार शाहीलाई मंगलबार सुर्खेतबाट पक्राउ गरेको र उनैले दिएको सूचनाको आधारमा प्रहरीले हत्याका मुख्य योजनाकार गिरीलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । गिरीले घाँटी रेटेर हत्या गर्दै गरेको भिडियो समेत खिचेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गिरी र शाहीले ठकुरीलाई प्रहरीको असई बनाइदिन्छु भन्दै डेढलाख रकम लिएका थिए । असई बनाउन नसकेपछि रकम फिर्ता माग्ने क्रममा विवाद हुँदा खुकुरी हानी हत्या गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...