News Portal

सुर्खेत सिम्ताका दिपक सिंह ठकुरीको हत्याका मुख्य योजनाकार पक्राउ

हिमाली संचार संवाददाता
७३९ पटक

बाँके : कोहलपुरमा गत शनिबार भएको युवक हत्याका मुख्य योजनाकार भनिएका युवराज गिरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको बिशेष प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो ।

हत्याका मुख्य योजनाकार अछामका भरत शाही र बाँकेको राप्तीसोनारी गाँउपालिका राजापुरका युवराज गिरीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेले आज सार्वजनिक गरेको हो ।

हत्या आरोपी गिरीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गोली हानहानसमेत भएको थियो । ‘प्रहरीलाई देखेपछि उ भाग्न खोज्यो’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहले भने, ‘हाम्रो टोलीले घुँडामुनी फायरिङ्ग गरेर अभियुक्तलाई नियन्त्रणमा लिएका हौं ।

खुट्टामा गोली लागेका गिरीको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । गत शनिबार कोहलपुर नयाँ बसपार्क नजिकै सुर्खेतका दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि भरत शाहीलाई पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार शाहीलाई मंगलबार सुर्खेतबाट पक्राउ गरेको र उनैले दिएको सूचनाको आधारमा प्रहरीले हत्याका मुख्य योजनाकार गिरीलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । गिरीले घाँटी रेटेर हत्या गर्दै गरेको भिडियो समेत खिचेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गिरी र शाहीले ठकुरीलाई प्रहरीको असई बनाइदिन्छु भन्दै डेढलाख रकम लिएका थिए । असई बनाउन नसकेपछि रकम फिर्ता माग्ने क्रममा विवाद हुँदा खुकुरी हानी हत्या गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...