News Portal

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ २ गते बुधबार, तदअनुसार २०१९ जनवरी १६ तारिख

हिमाली संचार संवाददाता
४५१ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानीका स्रोत सबल देखिए पनि परिस्थितिवश खर्च बढ्नेछ। नपुग रकम कर्जामार्फत जुटाउनुपर्ने हुन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ। साँझतिर फजुल खर्च बढ्नाले चिताएको कामलाई रकम अभाव हुनेछ। केही खर्च लागे पनि देश–विदेश घुम्ने अवसर भने प्राप्त हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको काम बन्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश काममा अलमल हुनेछ भने प्रतीक्षित नतिजासमेत कमजोर देखापर्नेछ। कामको चाप र जिम्मेवारी बढ्नेछ भने आत्मबलमा कमी आउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीबाट फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर शुभचिन्तकहरूको साथ जुट्नाले काम बन्नेछ। समय लागे पनि नाम र दाम प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर शुभचिन्तकहरूको साथ जुट्नाले लक्ष्यमा पुगिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ। साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुने देखिन्छ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न समय लाग्नेछ। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ने हुन सक्छ। अरूको भरले मात्र आफ्ना काम पूरा नहुन सक्छन्। अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ। साँझतिर रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले काम बनाउन सकिनेछ। साँझतिर चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कुशल व्यवहार र विचारले अरूलाई आकर्षित गर्न सकिनेछ। सानो प्रयासले नाम, दाम र इनाम दिलाउन सक्छ। सार्वजनिक रूपमा मान–सम्मान प्राप्त हुने सम्भावना छ। अध्ययनमा प्रगति हुनेछ भने अभिव्यक्तिकलामा निखारता आउनेछ। साँझतिर काम बन्नाले आम्दानीका स्रोत थपिनेछन्। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार–व्यवसायमा मनग्गे धनलाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन गर्न सकिनेछ। आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्गे धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...