News Portal

सिम्ता गाउँपालिकाको हिउदे अधिवेशन शुरु, महत्वपुर्ण निर्णयहरुमा वृहत छलफल

हिमाली संचार संवाददाता
४५४ पटक
दुर्गा वि.सी.

सुर्खेत सिम्ता गाउँपालिकामा मंगलबारबाट हिउँदे अधिवेशनको प्रारम्भ भएको छ । गाउँपालिकाको यो हिउँदे अधिवेशनमा महत्वपुर्ण निर्णय तथा छलफल बाट हुने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.ले जानकारी दिनु भएको छ ।

कार्यपालिकाको विभिन्न वैठकहरुबाट भए हुने गरेका निर्णयहरुलाई सभाले अनुमोदन गरेको छ । गाउँपालिकाको केन्द्रको लागि पातचौरमा रहेको १ सय ४६ रोपनी जग्गा समेत गाउँपालिकाको नाममा दर्ता गर्ने प्रक्रिया अगाडि वढाउने निर्णय गरिएको छ । साथै गाउँपालिकाको १५ लाख भन्दा माथिका गौरवका योजनाहरु टेन्डरबाट सञ्चालन गर्ने र बाँकी अन्य १५ लाख तलका योजनाहरुको काम छिटो अघि वढाउने समेत वताएको छ ।

मंगलबार नै आर्थिक ऐनलाई संसोधन विध्येकका रुपमा प्रस्तुत गरिएको छ । गाउँपालिकाको यो हिउँदे अधिवेसनले ६ महिना भित्र भए गरेका कार्य प्रगति र योजना निमार्ण, अर्धवार्षिक समिक्षा समेत हुने जनाएको छ ।

कार्यपालिकाबाट भएका निर्णयहरुको समेत सभाले वृहत छलफल गरेर अनुमोदन गर्ने र स्वामित्व ग्रहण गर्ने जनाएको छ । यो अधिवेशसन ७ दिन सम्म चल्ने अध्यक्ष के.सीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...