News Portal

  • मुक्तक ~ उठ्न जरुरी हुनेछ त्यो दिन !

    हिमाली संचार संवाददाता
    ६०८ पटक
    मुकुन्द कृष्ण थापा 

     

         मुक्तक – १

    सम्बन्धको निकै फराकिलो, दुरी  हुनेछ त्यो दिन
    सिमानामा बेतोडको, आँधी हुरी हुनेछ त्यो दिन
    नालापानी युद्धको झझल्को दिलाउने गरि,
    महिला केटाकेटी सबै उठ्न, जरुरी हुनेछ त्यो दिन

         मुक्तक – २ 

    छहारी बनेर मिठो फल, फल्न आउँदैछु म
    अँध्यारो चिर्न दियो बनि, जल्न आउँदैछु म
    जालझेल र षड्यन्त्रको पर्याय बनेको बेला,
    राजनीतिको परिभाषा, बदल्न आउँदैछु म

        मुक्तक – ३

    पढेरै छोड्नेछु भन्ने, निचोडहरुको याद आउँछ
    स्कुल पढ्दाका कठिन, मोडहरुको याद आउँछ
    अगेनोको उज्यालोले लेख्नुपर्थ्यो पढ्नुपर्थ्यो,
    बालेका ती मकैका, ढोडहरुको याद आउँछ।।।

    (खोटाङका मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन्)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...