News Portal

रगेली प्रहरीले मुसहर बस्तीमा प्रहरी साझेदारी कार्यक्रम गर्‍यो, नयाँ प्रहरी ब्यारेक पनि बन्ने

हिमाली संचार संवाददाता
७०६ पटक
रबिन्द्र बराल, मोरङ

माेरङकाे रगेली प्रहरीले रगेलीकाे निचामारी मुसहर बस्तीमा साेमबार प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदायसग चिया कार्यक्रम तथा कम्बल बितरण गरेको छ ।

प्रदेश न १ का प्रहरी प्रमुख डिअाजी केदार रिजाल, रगेलीका मेयर दिलिप बगडिया, माेरग प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसि, वडाध्यक्ष रामचन्द्र मंन्डल, घन्श्याम पनेरू, केदार चन्द राजवंशी ,जित नारायण खवास, नेपाल रेडक्रस माेरङका अध्यक्ष शुवाेध कुमार सिह, बिनाेद कुमार मंन्डल लागायतकाे उपस्थिति समेत रहेको थियोे । कार्यक्रममा मुशहर बस्तीका बृद्धबृद्धा, बालबालिका बिचमा भलाकुसारी गर्नुका साथै चियापान समेत गरेका थिए ।

कार्यक्रममा विशाल ग्रुपकाे गाेबरधानदास कमलावती पराेपकारी प्रतिस्थानद्वारा प्रदान गरिएको सिरक तथा कम्मल घर मुशहर परिवारलाई डिअाजी केसी, मेयर बगडिया उपरीक्षक मनाेज केसी, रगेली प्रहरी प्रमुख कबिन्द्र कुमार कार्कीले बिपन्न परिवारका ८५ मुशहर परिवारलाइ सिरक तथा कम्मल बितरण गरेका थिए ।

ईलाका प्रहरी कार्यलयको भवनको शिलान्यास

माेरङकाे रगेलीमा २०१९ सालमा स्थापना भएको ईलाका प्रहरी कार्यलय जिर्ण बनेपछि नयाँ प्रहरी जवान ब्यारेक बन्ने भएको छ। ब्यारेक तथा भान्सा काेठाको लागि सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हाे। नेपाल सरकार र नेपाल प्रहरीको सहयोगमा २ कराेड ११ लाख ८२ हजार रुपैयाँमा २ तले भवन प्रहरी ब्यारेक र १ तले भान्सा भवन र ६ काेठे भवन निर्माणकार्य हुने भएको छ।

कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश न १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल, विशिष्ट अतिथि रंगेली नगरपालिका मेेेेयर दिलिप बगडिया, सुनवर्सि नगरपालिका मेयर काली प्रसाद दास, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिह, वडाध्यक्ष, समाज सेवि बुद्धिजीवीहरुकाे समेत उपस्थिति रहेको थियोे । कार्यक्रमलाई सम्बाेधन गर्दे केदार रिजालले भने प्रहरीले आफ्नो संगठनमा सुधार हुदै गइरहेको र प्रहरी हाम्रो समजको लागि हो प्रहरीसग डराएर हिड्नु पर्ने कुराकाे अन्त हुँदै गएकाे र प्रहरी संगठन समयनुसार परिवर्तन हुने समेत बताउनुभयो ।

कार्यक्रममा रगेली नगरपालिकाका मेयर दिलिप बगडिया, बुद्धिजीवी सुरेश मिश्र, माेरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज के सि लगायतले प्रहरी र जन्ता सधैं नङ र मासुकाे सम्बन्ध रहेको समेत बताए। कार्यक्रमको सम्बोधन गर्दा मेयर बगडियाले उठान गर्नु भएको माग मध्ये डिअाजि रिजालले रंगेली अस्पतालमा तुरुन्तै छिमेकी प्रहरी राख्न निर्देशन दिनु भएको छ। तोकिएकै समयमा भवन निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह समेत गरेका छन ।

उक्त भवनकाे ठेक्का के.एम.इन्जिनियस बिल्डर्स, काठमाडौंले ठेक्का पाएको सो भवन निमार्ण कार्य १ वर्ष भित्रमा सम्पन्न गर्ने सम्झौता समेत भएको छ । भवन भुकम्प रहित तथा आरसिसि फ्रेम स्टक्चरमा निमार्ण गरिने इन्जीनियर प्रहरी निरिक्षक केविन जंङ्ग थापाले जनाकारी दिए ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...