News Portal

  • रगेली प्रहरीले मुसहर बस्तीमा प्रहरी साझेदारी कार्यक्रम गर्‍यो, नयाँ प्रहरी ब्यारेक पनि बन्ने

    हिमाली संचार संवाददाता
    ५८८ पटक
    रबिन्द्र बराल, मोरङ

    माेरङकाे रगेली प्रहरीले रगेलीकाे निचामारी मुसहर बस्तीमा साेमबार प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदायसग चिया कार्यक्रम तथा कम्बल बितरण गरेको छ ।

    प्रदेश न १ का प्रहरी प्रमुख डिअाजी केदार रिजाल, रगेलीका मेयर दिलिप बगडिया, माेरग प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसि, वडाध्यक्ष रामचन्द्र मंन्डल, घन्श्याम पनेरू, केदार चन्द राजवंशी ,जित नारायण खवास, नेपाल रेडक्रस माेरङका अध्यक्ष शुवाेध कुमार सिह, बिनाेद कुमार मंन्डल लागायतकाे उपस्थिति समेत रहेको थियोे । कार्यक्रममा मुशहर बस्तीका बृद्धबृद्धा, बालबालिका बिचमा भलाकुसारी गर्नुका साथै चियापान समेत गरेका थिए ।

    कार्यक्रममा विशाल ग्रुपकाे गाेबरधानदास कमलावती पराेपकारी प्रतिस्थानद्वारा प्रदान गरिएको सिरक तथा कम्मल घर मुशहर परिवारलाई डिअाजी केसी, मेयर बगडिया उपरीक्षक मनाेज केसी, रगेली प्रहरी प्रमुख कबिन्द्र कुमार कार्कीले बिपन्न परिवारका ८५ मुशहर परिवारलाइ सिरक तथा कम्मल बितरण गरेका थिए ।

    ईलाका प्रहरी कार्यलयको भवनको शिलान्यास

    माेरङकाे रगेलीमा २०१९ सालमा स्थापना भएको ईलाका प्रहरी कार्यलय जिर्ण बनेपछि नयाँ प्रहरी जवान ब्यारेक बन्ने भएको छ। ब्यारेक तथा भान्सा काेठाको लागि सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हाे। नेपाल सरकार र नेपाल प्रहरीको सहयोगमा २ कराेड ११ लाख ८२ हजार रुपैयाँमा २ तले भवन प्रहरी ब्यारेक र १ तले भान्सा भवन र ६ काेठे भवन निर्माणकार्य हुने भएको छ।

    कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश न १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल, विशिष्ट अतिथि रंगेली नगरपालिका मेेेेयर दिलिप बगडिया, सुनवर्सि नगरपालिका मेयर काली प्रसाद दास, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिह, वडाध्यक्ष, समाज सेवि बुद्धिजीवीहरुकाे समेत उपस्थिति रहेको थियोे । कार्यक्रमलाई सम्बाेधन गर्दे केदार रिजालले भने प्रहरीले आफ्नो संगठनमा सुधार हुदै गइरहेको र प्रहरी हाम्रो समजको लागि हो प्रहरीसग डराएर हिड्नु पर्ने कुराकाे अन्त हुँदै गएकाे र प्रहरी संगठन समयनुसार परिवर्तन हुने समेत बताउनुभयो ।

    कार्यक्रममा रगेली नगरपालिकाका मेयर दिलिप बगडिया, बुद्धिजीवी सुरेश मिश्र, माेरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज के सि लगायतले प्रहरी र जन्ता सधैं नङ र मासुकाे सम्बन्ध रहेको समेत बताए। कार्यक्रमको सम्बोधन गर्दा मेयर बगडियाले उठान गर्नु भएको माग मध्ये डिअाजि रिजालले रंगेली अस्पतालमा तुरुन्तै छिमेकी प्रहरी राख्न निर्देशन दिनु भएको छ। तोकिएकै समयमा भवन निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह समेत गरेका छन ।

    उक्त भवनकाे ठेक्का के.एम.इन्जिनियस बिल्डर्स, काठमाडौंले ठेक्का पाएको सो भवन निमार्ण कार्य १ वर्ष भित्रमा सम्पन्न गर्ने सम्झौता समेत भएको छ । भवन भुकम्प रहित तथा आरसिसि फ्रेम स्टक्चरमा निमार्ण गरिने इन्जीनियर प्रहरी निरिक्षक केविन जंङ्ग थापाले जनाकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...