News Portal

दिपक सिंह ठकुरीको क्रूर हत्याप्रति ठकुरी सहयोग संजालद्वारा सरकारको ध्यानाकर्षण

हत्यारा खोज्न प्रहरी कुकुर प्रयोग !

हिमाली संचार संवाददाता
१०९९ पटक
कोहलपुर २९ पुस

कोहलपुर घटनाको विषयलाई लिएर ठकुरी सहयोग संजालले सरकारको ध्यानाकर्षण गराएको छ । कोहलपुर नयाँ बसपार्क नजिकै सुर्खेत सिम्ता गाउँपालिका – २ काफलकोटकका २२ बर्षिय दिपक(मोहन)सिंह ठकुरीको शब फेला परेको थियो ।

कोहलपुर ११ नयाँ बसपार्क नजिकै घाँटी रेटिएको अवस्थामा शनिबार उनको शब भेटिएको थियो । पारिवारिक श्रोतका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन सुर्खेतबाट कोहलपुर आएको बुझिएको छ र उनले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए ।

यो पनि पढ्नुहोस।

सिम्ता काफलकोटका दिपक सिंह ठकुरीको कोहलपुर नया बसपार्क नजिक घाटि रेटेर हत्या 

ठकुरी सहयोग संजाल प्रदेश नं ५ प्रमुख संयोग जंग शाह र ठकुरी सहयोग संजालका प्रदेश नं ६ प्रमुख देब बहादुर शाहीले चाडो भन्दा चाडो अपराधी पत्ता लगाई कडा भन्दा कडा कारवाही गरी पिडीत परिवारलाई न्याय दिलाउन नेपाल सरकारसग माग गरेका छन।

संजालका प्रदेश प्रमुख द्वयले समयमा खोजी नगरेर आलटाल गर्ने काम गरेको खण्डमा प्रदेश ५ र ६ मा ठकुरीको हत्याको विरुद्धमा कडा भन्दा कडा संङघर्ष आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन।

अभियुक्त अहिलेसम्म फरार रहेको र अभियुक्तलाई पत्ता लागाउन प्रहरी कुकुर प्रयोग समेत गरिएको छ। बाँकेका कार्यबाहक प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले संजालका प्रदेश प्रमुख द्वय संयोग जंग शाह र देब बहादुर शाहीलाई पीडित परीवारलाई न्याय दिलाउने वचन व्यक्त गरेका हुन। उपरीक्षक पौडेलसग उनीहरुले आइतबार भेटेरै कारबाहीको माग गरेका हुन।

उपरीक्षक पौडेल उनी आफै कोहलपुर इलाका प्रहरी कार्यलयमा गएरै अनुसन्धान गरीरहेको बताए। हामीले हत्याराको खोजी कार्य तीब्र पारिरहेको छौ। छिटोभन्दा छिटो पक्राउ गर्ने समेत वचन दिएको संजाल ५ प्रमुख शाहले हिमाली संचार डटकमलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...