News Portal

सद्भाव सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

हिमाली संचार संवाददाता
६७१ पटक
रबिन्द्र बराल

मोरङ : सद्भाव बचत तथा ऋण सहकारी संस्थाको शनिबार नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेलीकाे मुख्य वजारमा रहेको दुर्गा मंन्दिर पश्चिमपट्टी अाफ्नै भवनमा उक्त कार्यक्रममा गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ७४/७५ को आयव्यय प्रस्तुत गरिएको थियो ।

संस्थाले कुल ४ करोड ६७ लाख ६ सय १४ रुपैया लगानी गरेकाे छ । संस्थाले ९८ लाख ९३ हजार ६ सय ३६ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ९६ लाख ६ हजार ६ सय ६ रुपैया गरेको छ ।

संस्थाले २ लाख २९ हजार ६ सय १४ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । कार्यक्रमकाे बार्षिक प्रतिवेदन संस्थाकाेे तर्फबाट संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुकाे साथै लेखा समितीकाेे तर्फबाट लेखा प्रतिवेदन लेखा संयाेजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए ।

उक्त संस्थाकाे ६ सय २८ सय जना शेयर सदस्य छन भने सदस्य रहेको छ । संस्थाले रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ ।

सो अवसरमा सस्थाले वृद्धबृद्धा, अपाङ्ग, असहायहरु मानिकच्नद ऋिषिदेव, झरिया सरदार, शिरति देवि पासवान लगायत ६७ जना कम्वल बितरण गरेका थिए । त्यसैगरी २०७४ सालमा सामुदायिक विद्यालयबाट एसइइ परिक्षामा उत्कृष्ट छात्रछात्राहरुलाई प्रसंसापत्र बितरण गर्नुकाे साथै कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारी, स्थानीय युवा उधमी विपिन मंन्डललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी माेरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका सदस्य शिव कुमार मंन्डल, विशिष्ट अतिथि रंगेली नगरपालिकाका दिलिप बगडिया, जीवन विकास समाजका अध्यक्ष याेगेन्द्र मंन्डल, डिभिजन सहकारी कार्यलयका ताेयानाथ तिम्सिना , सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, शिशुपाल यादव लगायतकाे उपस्थिति समेत रहेको थियोे । संस्थाका उपाध्यक्ष प्रसाद ठाकुरले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा संबाेधन गर्दे अतिथिहरुले गाउँघरमा रहेको सहकारीले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवारलाई सस्तो व्याजदर का ऋण उपलब्ध गराएकाेमा धन्यवाद समेत दिएका छन। सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियोे।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...