News Portal

यस्तो हुनेछ सामसुङ मोबाइल : Galaxy Note 9

५५२ पटक

एजेन्सी : सामसुङले बजारमा ल्याउने तयारी गरिरहेको नयाँ फ्याब्लेट ग्यालेक्सी नोट नाइन सम्बन्धी केही जानकारीहरु इन्टरनेटमा सार्वजनिक भएका छन् ।

सबैभन्दा पहिले Geekbench वेबसाइटमा यस फोनका केही स्पेसिफिकेसन तथा तस्वीरहरु लिक भएका थिए । तत् पश्चात् अन्य वेबसाइटहरुमा पनि नोट नाइनका विषयमा विभिन्न जानकारीहरु सार्वजनिक हुने गरेका छन् ।

Slashleaks नामक वेबसाइटले आसन्न ग्यालेक्सी नोट नाइन दाबी गर्दै तस्वीर सार्वजनिक गरेको छ । जस अनुसार नोट नाइनमा फिंगर प्रिन्ट सेन्सर फोनको पछिल्लो भागमा डुअल क्यामरा सेटअपको तलपट्टि रहने देखिएको छ ।

सेन्सरको आकार फोनको तुलनामा निकै सानो देखिन्छ । मोडल नं SM-N960U उल्लेख गरिएको उक्त स्मार्टफोनमा भेजललेस अर्थात् किनाराको खाली भाग नरहेको स्क्रिन रहेको छ । फोनको पछाडिको भागमा एउटा हृदयगति मापक मनिटर पनि रहेको छ ।

लिक भएको अर्को तस्वीरमा फोनको वैजनी रङको भेरिएन्ट देखाइएको छ । समाचार अनुसार यो स्मार्टफोन निलो, खैरो, कालो लगायतका रङका उपलब्ध हुनेछ ।

आगामी अगष्ट ९ मा अमेरिकाको न्युयोर्कमा हुने एक विशेष कार्यक्रमका बीच ग्यालेक्सी नोट नाइन सार्वजनिक गर्ने तयारी सामसुङले गरेको छ ।

यो फोनमा ६.४ इन्चको क्यूएचडी प्लस सुपर एमोलेड स्क्रिन हुने अनुमान गरिएको छ । फोनमा सामसुङको आफ्नै Exynos 9820 SoC प्रोसेसर हुनेछ । साथै ८ जिबीको र्याम र ५१२ जिबीको मेमोरीका साथै डुअल सेटअप क्यामरा फिचर पनि नोट नाइटमा उपलब्ध हुने बताइएको छ ।

त्यस्तै ६ जिबी र्याम र १२८ जिबी इन्टर्नल मेमोरीको भेरिएन्ट पनि उपलब्ध हुनेछ । जसको मूल्य ९९० युरो हुने सामसुङ पोल्याण्डले जनाएको छ । अमेरिकामा यसको मूल्य ९६० अमेरिकी डलर हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...