News Portal

यस्तो हुनेछ सामसुङ मोबाइल : Galaxy Note 9

६३२ पटक

एजेन्सी : सामसुङले बजारमा ल्याउने तयारी गरिरहेको नयाँ फ्याब्लेट ग्यालेक्सी नोट नाइन सम्बन्धी केही जानकारीहरु इन्टरनेटमा सार्वजनिक भएका छन् ।

सबैभन्दा पहिले Geekbench वेबसाइटमा यस फोनका केही स्पेसिफिकेसन तथा तस्वीरहरु लिक भएका थिए । तत् पश्चात् अन्य वेबसाइटहरुमा पनि नोट नाइनका विषयमा विभिन्न जानकारीहरु सार्वजनिक हुने गरेका छन् ।

Slashleaks नामक वेबसाइटले आसन्न ग्यालेक्सी नोट नाइन दाबी गर्दै तस्वीर सार्वजनिक गरेको छ । जस अनुसार नोट नाइनमा फिंगर प्रिन्ट सेन्सर फोनको पछिल्लो भागमा डुअल क्यामरा सेटअपको तलपट्टि रहने देखिएको छ ।

सेन्सरको आकार फोनको तुलनामा निकै सानो देखिन्छ । मोडल नं SM-N960U उल्लेख गरिएको उक्त स्मार्टफोनमा भेजललेस अर्थात् किनाराको खाली भाग नरहेको स्क्रिन रहेको छ । फोनको पछाडिको भागमा एउटा हृदयगति मापक मनिटर पनि रहेको छ ।

लिक भएको अर्को तस्वीरमा फोनको वैजनी रङको भेरिएन्ट देखाइएको छ । समाचार अनुसार यो स्मार्टफोन निलो, खैरो, कालो लगायतका रङका उपलब्ध हुनेछ ।

आगामी अगष्ट ९ मा अमेरिकाको न्युयोर्कमा हुने एक विशेष कार्यक्रमका बीच ग्यालेक्सी नोट नाइन सार्वजनिक गर्ने तयारी सामसुङले गरेको छ ।

यो फोनमा ६.४ इन्चको क्यूएचडी प्लस सुपर एमोलेड स्क्रिन हुने अनुमान गरिएको छ । फोनमा सामसुङको आफ्नै Exynos 9820 SoC प्रोसेसर हुनेछ । साथै ८ जिबीको र्याम र ५१२ जिबीको मेमोरीका साथै डुअल सेटअप क्यामरा फिचर पनि नोट नाइटमा उपलब्ध हुने बताइएको छ ।

त्यस्तै ६ जिबी र्याम र १२८ जिबी इन्टर्नल मेमोरीको भेरिएन्ट पनि उपलब्ध हुनेछ । जसको मूल्य ९९० युरो हुने सामसुङ पोल्याण्डले जनाएको छ । अमेरिकामा यसको मूल्य ९६० अमेरिकी डलर हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...