News Portal

तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विराेध प्रदर्शन गर्ने,

हिमाली संचार संवाददाता
३९० पटक

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएको छ ।

शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा  विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

कम्युनिष्ट सरकारको अधिनायवाद चरित्र, भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, वाइडबडी र निर्मला पन्त हत्या प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुन दिन कहाँ हुँदैछ कार्यक्रम ?
माघ ८ गते  प्रदेश एकको विराटनगर

माघ ९ गते प्रदेश २ को जनकपुर

माघ १० गते प्रदशस तीनको हेटौंडा,

माघ ११ गण्डकी प्रदेशको पोखरा

माघ १२ गते प्रदेश ५ को भैरहवा

माघ १३ कर्णाली प्रदेशको सुर्खेत

माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढी

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...