News Portal

  • चौथो पुस्ताको किया स्पोर्टेज कारको नयाँ भर्सन नेपालमा सार्वजनिक

    हिमाली संचार संवाददाता
    ७०७ पटक

    काठमाडौं : कोरियन मोटर निमार्ता कम्पनी किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले स्पोर्टेज कारको नयाँ भर्सन सार्वजनिक गरेको छ। किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५ औं वर्षको अवसरमा आज चौथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक भएको गरेको छ।

    कियाले उत्पादन गरेका मोडलहरु मध्ये सबैभन्दा लामो समयसम्म विश्व बजारमा लोकप्रिय हुन सफल कारको दर्जामा स्पोर्टेज गणना हुने गरेको छ। चार भेरिएन्टमा उपलब्ध नयाँ स्पोर्टेजे इन्टेरियर र एक्सटेरियरमा थप आकर्षक बिशेषताहरु रहेको कम्पनीको दावी छ। यो गाडी पहिलेको तुलनामा थप स्टाइलिस, सुरक्षित र आरामदायी भएको बताइएको छ।

    कारको अगाडीपट्टि एलइडी हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट् जडान गरिएको छ। चौथो पुस्ताको स्पोर्टेजमा कियाको नयाँ ड्राइभिङ प्रविधि र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ जसले यात्रा अवधिभरलाई सहजता र मनोरञ्जन प्रदान गर्नेछ।

    कार उत्पादनका दौरान उच्च सुरक्षा सतर्कता अपनाई सुरक्षा सम्बन्धी नविन प्रविधिहरु जडान गरिएको कम्पनीले जनाएको छ। पेट्रोल र डिजेल दुवै अप्सनसँगै नयाँ स्पोर्टेज जिटीलाइन मोडलमा पनि उपलब्ध छ।

    कारमा ८ स्पीड अटोम्याटिक ट्रान्समिसन, प्याडल सिफ्टर, तीन ड्राइभ मोड (नर्मल, इको र स्पोर्ट), फराकिलो सनरुफ, उच्च कार्यक्षमता प्रदान गर्ने सस्पेन्सन, सात इन्चको टचस्क्रीन, ८ स्पीकर, एप्पल कार प्ले र अन्ड्रोइड अटो सर्पोट गर्ने म्युजिक सिस्टम उपलब्ध छ।

    त्यसैगरी ब्रेकिङ प्रणालीलाई भरपर्दो बनाउन एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलटी कन्ट्रोल, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, डाउनहिल एसिस्टजस्ता विशेषताहरु यसमा समावेस छन्। निक्कै बलियो स्टीलको प्रयोग गरेर कारको बडी तयार गरिएको कारण कार सुरक्षित, आधुनिक र आरामदायी भएको कम्पनीको दावी छ। कार विभिन्न ६ रङमा उपलब्ध छ ।

    नयाँ स्पोर्टेजको मुल्य, बनावट र कार्यक्षमताका कारण छोटो समयमै लोकप्रिय हुने कन्टिनेन्टल टे«डिङ प्रालिका सहायक महाप्रबन्धक अनिस लामछानेले दावी गरे। कोरियाबाटै सोझै आयात गरिएको भएपनि हामीले नेपाली बजार सुहाउँदो मूल्य निर्धारण गरेका छौ।

    हामीले सन् २०१९ मा चार भिन्न नयाँ मोडलहरु नेपाल भित्र्याउने लक्ष्य राखेका छौं’ उनले भने ‘हामीले कियाको कार बिक्रीसँगै सेवा प्रवाहलाई अझ राम्रो बनाउन चाँडै काठमाडौंमा जावलाखेल र महाराजगंज गरि थप २ वटा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सुविधा युक्त आउटलेटहरु सुरुगर्ने जानकारी गराउँदछौं,’ उनले भने। नेपाली बजारमा नयाँ स्पोर्टेजको मुल्य ६९ लाख ९० हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ।

    तस्वीर : निशा भण्डारी/सेतोपाटी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...