News Portal

बलात्कार मुद्दामा छुटेपछि ‘डिएसपी हुँ’ भन्दै ठमेल र दरबारमार्गमा आतंक !

हिमाली संचार संवाददाता
५९० पटक

काठमाडौँ : दरबारमार्ग र ठमेलका होटल रेष्टुरेण्टहरुमा ‘डिएसपी हुँ’ भन्दै परिचय पत्र देखाएर आतंक मच्चाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय अनिल थापा रहेका छन् ।

भक्तपुरको बालकोट स्थायी घर भएका थापाले नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै भीम किरण बोगटीको नाममा जारी भएको परिचय पत्र समेत देखाउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विगत १४ दिनदेखि कमलादी स्थित तिरुपती होटलको रुम नम्बर २०३ मा बसेर धाक–रवाफ देखाई आपराधिक गतिविधी गर्दै आएका ‘नक्कली डिएसपी’ थापालाई काठमाडौं प्रहरीको विशेष टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

२०६९ सालमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा छुटेका अनिल थापाबारे सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...