News Portal

बलात्कार मुद्दामा छुटेपछि ‘डिएसपी हुँ’ भन्दै ठमेल र दरबारमार्गमा आतंक !

हिमाली संचार संवाददाता
६३४ पटक

काठमाडौँ : दरबारमार्ग र ठमेलका होटल रेष्टुरेण्टहरुमा ‘डिएसपी हुँ’ भन्दै परिचय पत्र देखाएर आतंक मच्चाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय अनिल थापा रहेका छन् ।

भक्तपुरको बालकोट स्थायी घर भएका थापाले नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै भीम किरण बोगटीको नाममा जारी भएको परिचय पत्र समेत देखाउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विगत १४ दिनदेखि कमलादी स्थित तिरुपती होटलको रुम नम्बर २०३ मा बसेर धाक–रवाफ देखाई आपराधिक गतिविधी गर्दै आएका ‘नक्कली डिएसपी’ थापालाई काठमाडौं प्रहरीको विशेष टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

२०६९ सालमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा छुटेका अनिल थापाबारे सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...