News Portal

सर्वाेच्च अदालतमा भ्रष्टाचारका मुद्दाको पेशी सार्ने प्रतिस्पर्धा

हिमाली संचार संवाददाता
५१३ पटक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले ओमप्रकाश मिश्रका पालामा हेर्दाहेर्दै र सुनुवाईको चरणमा राखेका भ्रष्टाचार, राजस्व छली तथा सरकारी जग्गा सम्बन्धी मुद्दाहरुको इजलास परिवर्तन गर्न थालेका छन् ।

मिश्रका पालामा यस्ता मुद्दाहरु दीपकराज जोशी, शारदा घिमिरे, केदार चालिसे, डम्बर वहादुर शाही, पुरुषोत्तम भण्डारीका इजलासबाट टुंगो लगाइन्थे । घिमिरे हालै अवकाश भएका छन् ।

सर्वोच्च अदालतमा यसलाई स्थायी इजलासको अभ्यास र खुलेआम बेन्च सपिङको रुपमा आलोचना भएपछि राणाले यस्ता मुद्दाहरु ती न्यायाधीशको इजलासमा पार्न छाडेको स्रोतले जनाएको छ । सकेसम्म आर्थिक मामिलामा विवादमा नपरेका न्यायाधीशहरुको इजलासमा राजस्व छली, भ्रष्टाचार र सार्वजनिक जग्गासम्बन्धी मुद्दा पार्न थालिएको छ ।

यसको प्रभाव पनि अदालतमा देखिन थालेको छ । विहीबार दीपक कार्की र सपना प्रधानको इजलासमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशी सहित ६ जनाको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दाको सुनुवाई थियो । तर, जोशी पक्षका वकिलले सो मुद्दा हटाउन निवेदन दिएपछि सरेको छ ।

सोही इजलासमा सुनुवाई हुन लागेका अधिकांश गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा विपक्षी कानुन व्यवसायीको निवेदनमा स्थगित भएका छन् । यसअघिका सहज न्यायाधीशको इजलासमा नपरेपछि विपक्षीको तर्फबाट कानुन व्यवसायीले पेशी सार्ने प्रवृत्ति नै छ ।

व्यापारी अजय सुमार्गीकै मुद्दा पनि उनका वकिलले सार्ने निवेदन दिएका थिए । तर, एकजना वकिल अनुपस्थित हुँदैमा सार्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी भयो ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...